Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कांग्रेस अधिबेसन :

    कांग्रेस नगरसभापतिमा प्रकाश श्रेष्ठको उम्मेद्वारी घोषणा

    कांग्रेस नगरसभापतिमा प्रकाश श्रेष्ठको उम्मेद्वारी घोषणा


    • बुधवार, भाद्र २३ २०७८

    • नेपाल वाइड


    कांग्रेस नगरसभापतिमा प्रकाश श्रेष्ठको उम्मेद्वारी घोषणा
    नगरसभापतिमा उम्मेद्वारी घोषणा गर्दै कांग्रेस नेता प्रकाश श्रेष्ठ । तस्बिर : नेपालवाईड डटकम

    खोटाङ । भदौ २२, नेपाली कांग्रेसका युवा नेता प्रकाश श्रेष्ठले आसन्न गाउँ/नगरपालिका अधिबेसनमा कांग्रेसको नगरसभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

    कांग्रेसको महाधिबेसन अन्तरगत वडादेखि गाउँ/नगरपालिका, जिल्ला हुँदै केन्द्रीय अधिबेसनको सारगर्मी वढिरहेका बेला युवा नेता श्रेष्ठले बुधबार दिक्तेलमा पत्रकार सम्मेलन गर्दै कांग्रेसको नगरसभापतिमा उम्मेद्वारी घोषणा गरेका हुन् । नगरसभापतिका अर्का आकांक्षी इन्द्र घिमिरे र युवा नेता दिनेश घिमिरेको प्रस्ताव र समर्थनमा श्रेष्ठले नगरपालिका सभापतिमा उम्मेद्वारी दिने निर्णय गरेका हुन् ।

    हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडा सदस्य रहेका श्रेष्ठले गुटका कारण छरपष्ट बनेको कांग्रेसलाई एक बनाउँदै पार्टीलाई मजवुत बनाउने लक्ष्यका साथ आगामी भदौ २७ गते हुने गाउँ/नगरपालिका अधिबेसनमा सभापतिको उम्मेद्वारी दिने घोषणा गरेको बताए ।

    उनले कांग्रेसका जिल्ला सभापति नरेश श्रेष्ठ, क्षेत्र नम्बर २ का सभापति तिर्थराज भट्टराई लगायतको उपस्थितिमा नगरसभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । हाल कांग्रेसका जिल्ला सदस्य एबं अनुशासन विभाग प्रमुख रहेका श्रेष्ठले सामान्यतः माथिल्लो पदमा जानु पर्ने भए पनि पार्टीको फेदलाई बलियो बनाउने लक्ष्यका साथ नगरसभापतिमा उम्मेद्वारी दिने तयारी गरेको बताए ।

    ‘अहिलेको हैसियत अनुसार मैले माथिल्लो पदमा दावी गर्नु पर्ने हो । तर, नगरसभापतिमा उठ्ने निर्णय गरेको छु,’ श्रेष्ठले भने, ‘अव पार्टीको टुप्पोलाई राम्रो बनाउन खोजेर हुँदैन । फेद राम्रो बनाउनु पर्छ । म पार्टीको फेद द¥हो बनाउने भिजनकासाथ अघि बढेको छु ।’

    उम्मेद्वार श्रेष्ठले नगरसभापतिमा चुनिएको अवस्थामा नगरपालिकाको अनियमितता र योजना फरफराकका विषयमा खबरदारी गर्ने, प्रतिपक्षीले निभाउनुपर्ने भूमीकाका विषयमा वडाध्यक्षहरुसँग छलफल गर्ने योजना बनाएको बताए ।

    उनले आफ्नो पार्टी तथा अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिले गरेको राम्रो कामलाई समर्थन गर्दै खराव काममा विरोध गर्ने जनाए । ‘आफ्नो पार्टीका होस् या अन्य पार्टीको ।

    राम्रो काम गर्नेलाई समर्थन गर्ने हो, गलत काम गर्नेको विरोध गर्ने हो,’ श्रेष्ठले भने, ‘म राजनीतिको पिएचडी गर्ने परिक्षामा सामेल भएको छु । कांग्रेसको वडा समितिलाई सहकारीको सिस्टममा चलाउने योजना छ ।’

    श्रेष्ठको टिमबाट उपसभापतिमा लक्ष्मण आचार्य र अर्जुनदेव राई, सचिवमा गिरीराज राई र युवक राई, सह–सचिवमा अञ्चल राई र सन्तोष खत्रीले उम्मेद्वारी दिने तयारी छ ।

    २०४७ सालमा दिक्तेलको सरस्वती माविबाट नेविसंघको तदर्थ इकाई उपसभापति बनेर राजनितीमा प्रवेश गरेका श्रेष्ठ २०४९ सालमा नेविसंघको जिल्ला सदस्य, २०६७ सालमा कांग्रेसको जिल्ला सदस्य बनेका थिए । कांग्रेस नगरसभापतिका अर्का आकांक्षी घिमिरेले श्रेष्ठलाई समर्थन गरेपछि अव तीन जना आकांक्षी मैदानमा देखिएका छन् ।

    यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका वडाध्यक्ष रामचन्द्र राईले भदौ १३ गते नगरसभापतिमा उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् । नेता राजन शैंजू नगरसभापतिका अर्का आकांक्षी हुन् । सकेसम्म सहमतीमा नगरसभापति टुंग्याउन पहल गरिने श्रेष्ठले बताए ।

    सम्बन्धित समाचार