Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    प्रदेश १ मा ३९९ जनामा कोरोना पुष्टि, ३९८ जना संक्रमणमुक्त

    प्रदेश १ मा ३९९ जनामा कोरोना पुष्टि, ३९८ जना संक्रमणमुक्त


    • मंगलवार, भाद्र २२ २०७८

    • नेपाल वाइड


    प्रदेश १ मा ३९९ जनामा कोरोना पुष्टि, ३९८ जना संक्रमणमुक्त
    सांकेतिक तस्बिर

    विराटनगर, २२ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २१ जनाको पीसीआर परीक्षण गर्दा २६६ र ७१८ सय जनाको एन्टिजेन परीक्षण गर्दा १३३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोेरङमा १२३, सुनसरीमा ८६, झापामा ४५, धनकुटामा ६, इलाममा ३, पाँचथर, उदयपुर र संखुवासभामा १–१ जनामा संक्रमण देखिएको हो ।

    मोरङको विराटनगरमा ८९, पथरीशनिश्चरेमा १०, केराबारीमा ७, बेलबारी र उर्लाबारीमा ३–३, बुढीगंगा, ग्रामथान, रंगेली र सुन्दरहरैचामा २–२, कटहरी, रतुवामाई, कानेपोखरीमा १–१, सुनसरीको इटहरीमा ७३, धरानमा ४, रामधुनीमा ३, इनरुवामा २, दुहवी, गढी, देवानगञ्ज र बराहक्षेत्रमा १–१, झापाको दमकमा १६, भद्रपुरमा १२, मेचीनगर र विर्तामोडमा ४–४, शिवसताक्षीमा ३, हल्दिबारी र झापा गाउँपालिकामा २–२, कचनकवल र कमल गाउँपालिकामा १–१, धनकुटाको धनकुटा नगरपालिमा ६, इलामको इलाम नगरपालिकामा २ र रोङमा १, पाँचथरको मिक्लाजुङ, उदयपुरको त्रियुगा र संखुवासभाको खाँदबारीमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    प्रदेश १ मा आज ३९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९२ महिला र २०६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

     

     

     

     

     

    सम्बन्धित समाचार