Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    १९ वर्ष बन्धक बनेर फर्किएका विज्ञानलाई जुट्यो उपचार खर्च

    १९ वर्ष बन्धक बनेर फर्किएका विज्ञानलाई जुट्यो उपचार खर्च


    • सोमवार, भाद्र २१ २०७८

    • नेपाल वाइड


    १९ वर्ष बन्धक बनेर फर्किएका विज्ञानलाई जुट्यो उपचार खर्च
    शारीरिक र मानसिक रुपमा अशक्त बनेर फर्किएका विज्ञान कोईरालाको परिवारलाई उपचार खर्च हस्तान्तरण गर्दै कांग्रेसका जन्तेढुंगा गाउँपालिका सभापति प्रेमबहादुर बस्नेत लगायत । तस्बिर सौजन्य : उत्तम चौंलागाई

    खोटाङ । भदौ २१, बेपत्ता भएको १९ वर्षपछि शारीरिक र मानसिक रुपमा अशक्त बनेर घर फर्किएका खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोईरालालाई उपचार खर्च जुटेको छ ।

    १७ वर्षको उमेरमा २०५८ सालमा काठ्माण्डौं सानेपाबाट बेपत्ता बनेपछि एकैचोटी गत बैसाख २ गते घर (हाल उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुर) आइपुगेका विज्ञानलाई कांग्रेसका युवा नेता बाजिन्द्र बिष्टको पहलमा ९१ हजार ३७२ रुपैयाँ सहयोग रकम जुटेको हो ।

    फियो निकालिएको, पेट र खुट्टामा चोटको खाटा लागेको तथा विक्षिप्त अवस्थामा घर आइपुगेका विज्ञानको उपचारका लागि स्वदेश तथा विदेशमा रहेका सहयोगी/शुभेच्छुकबाट सहयोग रकम जुटाइएको हो । संकलित रकम कांग्रेसका जन्तेढुंगा गाउँपालिका सभापति प्रेमबहादुर बस्नेतले सोमबार विज्ञानका आमा देबकुमारी कोईराला र भाई सुवास कोईरालालाई हस्तान्तरण गरेका छन् ।

    कांग्रेस जन्तेढुंगा गाउँपालिका उपसभापति रहेका बिष्टले विज्ञानको फियो लगायतका शारीरिक र मानसिक रोगको उपचारका लागि फेसबुकबाट आव्हान गरेपछि हाल कोरियामा रहेका विनोद काईरालाको पहलमा ५१ हजार ७७७ रुपैयाँ, कोरियामै रहेका मिलन खड्काको पहलमा २२ हजार ९५ रुपैयाँ, साउदीअरवमा रहेका दाङका महेश चौधरीबाट ५ हजार, जापानमा रहेका भुवन खड्काबाट ५ हजार र मलेसियामा रहेका हरि बस्नेतबाट ५ हजार रुपैयाँ सहयोग रकम जुटेको अभियान्ता बिष्टले बताए ।

    स्वदेश तथा विदेशमा रहेका दाताबाट प्राप्त भएको रकममा स्वयं विष्टले ५ हजार थप गरेर विज्ञानका परिवारलाई हस्तान्तरण गरेका हुन् । साविकको चिसापानी–१ का कोईराला परिवार २०७७ साल पुस अन्तिम साता सुन्दरपुर बसाई सरेका हुन् ।

    लामो वियोगपछि पारिवारिक मिलन भएपनि शारीरिक र मानसिक रुपमा अशक्त बनेर फर्किएका विज्ञान उपचार गर्नुपर्ने अवस्थामा छन् । अपरिचित व्यक्तीले अपहरण गरेर १९ वर्षसम्म घरबाहिर निस्कन नदिइ बन्धक बनाएर श्रम तथा यौन शोषण गरेर राखेको विज्ञानको भनाई छ ।

    घरमा आएपछि बिराटनगरको नोबेल अस्पतालमा लगिएका विज्ञानलाई थप उपचारका लागि बीर अस्पताल लैजानका लागि परामर्श दिइएको छ । आर्थिक अवस्था कमजोर भएकाले कोईराला परिवारले विज्ञानको उपचारका लागि सहयोगको याचना गरेका छन् । उनको अर्को फियो राख्न पाँच/छ लाख खर्च आवश्यक परेपछि सहयोग रकम जुटाउन अभियान चलाइएको बिष्टले बताए ।

    बुबाको २०५३ सालमा मृत्यु भएपछि छोराछोरी मिना, विज्ञान, सुवास र तुलसालाई आमा देवकुमारीले लालन–पालन गरेर हुर्काएकी थिईन् । देवकुमारी हाल ६३ वर्षकी भइसकेकी छन् । उनका दिदी, भाई, बहिनी सबैको बिवाह भइसकेको छ ।

    सम्बन्धित समाचार