Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    प्रदेश १ मा ४३९ जनामा कोरोना पुष्टि, ४१० जना संक्रमणमुक्त

    प्रदेश १ मा ४३९ जनामा कोरोना पुष्टि, ४१० जना संक्रमणमुक्त


    • सोमवार, भाद्र २१ २०७८

    • नेपाल वाइड


    प्रदेश १ मा ४३९ जनामा कोरोना पुष्टि, ४१० जना संक्रमणमुक्त
    सांकेतिक तस्बिर

    विराटनगर ।  भदौ  २१,  प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४३९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३५ जनाको पीसीआर परीक्षण गर्दा २५५ र ८ सय जनाको एन्टिजेन परीक्षण गर्दा १८४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १३६, मोरङमा ६२, सुनसरीमा ३८, धनकुटामा ७, इलाममा ५, ताप्लेजुङ, भोजपुर, उदयपुर र तेहृथुममा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण भएको हो ।

    झापाको विर्तामोडमा २४, मेचीनगर र कनकाईमा २०–२०, अर्जुनधारा र भद्रपुरमा १७–१७, दमकमा १५, शिवसताक्षीमा ९, कमल गाउँपालिकामा ४, हल्बिारीमा ३, कचनकवल, गौरादह र बुद्धशान्तिमा २–२, बाहृदशीमा १, मोरङको विराटनगरमा ४४, सुन्दरहरैचा र रंगेलीमा ३–३, मिक्लाजुङ, रतुवामाई, बेलबारी, पथरीशनिश्चरे र उर्लाबारीमा २–२, बुढीगंगा र धनपालथानमा १–१, सुनसरीको धरानमा २३, इटहरीमा ८, इनरुवा, बराहक्षेत्र र रामधुनीमा २–२, हरिनगरमा १, धनकुटाको धनकुटा नगरपालिकामा ५, छथर जोरपाटी र साँघुरीगढीमा १–१, इलामको इलाम नगरपालिकामा ३ र सुर्योदयमा २, ताप्लेजुङको फुङलिङ, भोजपुरको पौवादुङ्मा, तेहृथुमको म्याङलुङ र उदयपुरको स्थानीय तह नखुलेका १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    प्रदेश १ मा आज ४१० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९८ महिला र २१२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

     

     

     

     

     

    सम्बन्धित समाचार