आइतवार, भाद्र २० २०७८
नेपाल वाइड
खोटाङ । भदौ २०, नेपाली कांग्रेसको वडा अधिबेसनमा क्षेत्रीय प्रतिनिधि चयनका लागि घम्साघम्सी पर्छ । कारण क्षेत्रीय प्रतिनिधि चयन भएपछि मात्र पार्टीको उपल्लो पदमा उम्मेद्वार बन्ने पहिलो गेट खुल्छ ।
कांग्रेसमा आफ्ना प्रतिपक्षीलाई ठेगान लगाउन परे सकेसम्म वडा अधिबेसनमै हराउने खेलोमेलो चल्छ । सहमत नभए वडा अधिबेसनमा मतदानका माध्यमबाट क्षेत्रीय प्रतिनिधिको टुंगो लगाइन्छ । तर, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा भने वडास्तरका कांग्रेस नेताले युवा पुस्तालाई क्षेत्रीय प्रतिनिधि पठाएको छ ।
शुक्रबारको वडा अधिबेसनले युवालाई क्षेत्रीय प्रतिनिधि बन्ने अवशर दिने निर्णय गरेको हो । उनीहरुले एउटै व्यक्ति पटक–पटक क्षेत्रीय प्रतिनिधिकारुपमा चयन हुँदै जाने परिपार्टीको क्रमभंग गरेका छन्, जसलाई कांग्रेसको वडा अधिबेसनकै दुर्लभ घट्नाका रुपमा दावी गरिएको छ ।
अन्य वडामा क्षेत्रीय प्रतिनिधिका रुपमा मारामार भइरहेका बेला बाहुनीडाँका कांग्रेसजनले भने ‘पुरानाले त्याग्ने र नयाँले अवशर लिने’ निर्णय गर्दै थिए ।
कतिसम्म भने यस अघिका वडा अधिबेसनबाट क्षेत्रीय प्रतिनिधि चुनिएर जिल्ला अधिबेसनसम्म पुगेर भोट हालिसकेका वडाध्यक्ष रुद्र राई, कांग्रेसका निवर्तमान वडा सभापति डाकबहादुर कार्की, क्षेत्रीय सचिवका उम्मेद्वार यानकुमार राई लगायतले क्षेत्रीय प्रतिनिधि हापेका छन् ।
युवाको प्रस्ताव अनुशार सवै १७ जना नयाँ क्रियासिल सदस्यलाई क्षेत्रीय प्रतिनिधिकारुपमा पठाइएको क्षेत्रीय सचिवका उम्मेद्वार यानकुमार राईले बतए । यद्यपी यो अवस्था सिर्जना हुनुमा पुरानो र नयाँ पुस्ताबिचको आन्तरिक मतभेद पनि कारक देखिएको छ ।
हरेक पार्टीको गुट टोल–टोलसम्म पुगेको छ । गुटगत असरका कारण सहमतीमा क्षेत्रीय प्रतिनिधि चयन गर्ने प्रयास असफल बन्दै गएको थियो । वडा अधिबेसन हलमा चुनाव गरेर क्षेत्रीय प्रतिनिधि टुंग्याउनका लागि चर्को आवाज उठ्न थाले ।
चुनावमा जाँदा कतिपय सम्भावना बोकेका युवा गाउँमै छेकिने निश्चित थियो । त्यही भएर चुनावको सट्टा सहमतीय तरिकाले नै क्षेत्रीय प्रतिनिधि टुंग्याउन प्रस्ताव राखियो । सो प्रस्तावपछि युवा पंक्तीले सबै क्षेत्रीय प्रतिनिधिमा नयाँले अवशर पाउनुपर्ने शर्त राखे ।
युवाको सोही शर्त अनुसार यसअघि पुरानो क्षेत्रीय प्रतिनिधि बनिसकेका नेताले नयाँ क्रियासिल सदस्यलाई क्षेत्रीय प्रतिनिधि छाडेको यानकुमारले बताए । ‘कांग्रेसलाई बुढाको पार्टी बनाइराख्ने, युवालाई अघि बढ्न नदिने भन्ने गुनासो आयो ।
ठीकै छ एकपल्ट युवालाई अवशर दिऔं । अधिबेसनको स्वाद चखाऔं भन्ने निर्णय गरिएको हो,’ उनले भने, ‘कतिपय युवाको तिमीहरु मात्रै अघि जाने, तिमीहरु मात्रै नेता बन्ने भन्ने गुनासो पनि छ । वडामा पनि नेतृत्व गर्ने मान्छे चाहिन्छ । हामी वडा सम्हालौंला भनेर पुरानो एक जना पनि प्रतिनिधि दोहोरिएनौं । वडामा गुटको अशर नपरोस् भन्ने हाम्रो लक्ष्य हो ।’
क्षेत्रीय प्रतिनिधि नगएका पुराना प्रतिनिधिले स्थानीय तहको चुनावमा लड्ने समझदारी बनेको छ । यस अनुशार आगामी स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष राई, निवर्तमान वडा सभापति कार्की र क्षेत्रीय सचिवका उम्मेद्वार राईमध्येबाट एक जना वडाध्यक्षका उम्मेद्वार बन्ने छन् ।
यानकुमारले यसपल्ट पनि क्षेत्रीय सचिवमा उम्मेद्वारी दिने तयारी गरेका थिए । उनको टिममा पर्ने पनि निश्चित जस्तै भएको थियो । तर, क्षेत्रीय प्रतिनिधि नबन्दा उनले क्षेत्रीय सचिवमा उठ्न पाउने छैनन् ।
जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा कांग्रेसको वडासभापतिमा एकाघरका दाजुभाईबिचमा रस्साकस्सी चलेको छ । दाजु दिलीप राई र भाई दिपक राई (सागर) बिचमा वडा सभापतिका लागि रस्साकस्सी चलेको हो । चुनाव हुने स्थिति आएपछि अन्तिममा दाई व्याक भएको बताइएको छ ।