Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कांग्रेस अधिबेसन :

    याम्खामा तनावका बिच कांग्रेसको वडा अधिबेसन टुंगियो

    याम्खामा तनावका बिच कांग्रेसको वडा अधिबेसन टुंगियो

    ७० वडामा सर्वसहमत, ८ वडामा निर्वाचन

    • आइतवार, भाद्र २० २०७८

    • नेपाल वाइड


    याम्खामा तनावका बिच कांग्रेसको वडा अधिबेसन टुंगियो
    महादेवस्थान (हलेसी)मा नवनिर्वाचित वडा सभापतिलाई बोकेर कुदाउँदै शुभेच्छुक ।

    खोटाङ । भदौ १९, तनावका बिच खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खामा कांग्रेसको वडा अधिबेसन टुंगिएको छ । शनिबार बिहान मतगणनाको क्रममा विवाद आएपछि साँझ पुःन गणना सुचारु गराएर परिणाम सार्वजनिक गरिएको हो ।

    मतदान अधिकृतले राती १.१८ बजे निर्वाचन परिणाम सार्वजनिक गरेको जनाएको छ । याम्खामा लक्ष्मीकुमार राईलाई पराजित गर्दै रामचन्द्र राई वडा सभापति निर्वाचित भएका छन् ।

    चुनाव भएका वडाको मत परिणाम शनिबार दिउँसो आइसके पनि याम्खाको मत परिणाम भने अवेर राती मात्र आएको हो । प्यानलका आधारमा याम्खाको कांग्रेस वडा अधिबेसनलाई जिल्लामै चासोका साथ हेरिएको थियो ।

    दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष एवं कांग्रेस महाधिबेसन प्रतिनिधि भूपेन्द्र राई र नेविसंघका जिल्ला उपाध्यक्ष नइन्द्र राईको वडा याम्खामा घम्साघम्सी मतदान भएको हो ।

    गाउँपालिका अध्यक्ष राईले रामचन्द्रलाई र नेविसंघका जिल्ला उपाध्यक्ष राईको टोलीले लक्ष्मीकुमारलाई वडा सभापतिको उम्मेद्वार उठाएका थिए ।

    लक्ष्मीकुमारको प्यानलले भने मत परिणामलाई अस्वीकार गरेको बताएका छन् । नेविसंघका उपाध्यक्ष राईले एकलौटी मत परिणाम घोषणा गरिएको आरोप लगाएका छन् । ‘खसेकोभन्दा एक मतपत्र बढि पाईयो । त्यसपछि हामीले पुःन निर्वाचन गर्नुपर्ने माग राख्यौं । निर्वाचन अधिकृतलाई निवेदन दियौं,’ उपाध्यक्ष राईले भने, ‘तर एकलौटी मत गणना गरेर परिणाम घोषणा गर्ने काम भएको छ । यो स्वीकार्य छैन । हामी बहिस्कार गर्छौँ ।’

    १०९ औं मतपत्र गणनाकाक्रममा विवाद सुरु भएको थियो । गाउँपालिका अध्यक्ष राईले भने हार हुने निश्चित भएपछि मत मतपत्रको विषयमा विवाद झिकिएको बताए ।

    ‘समावेसी र खुलातर्फको मतपत्र सँगै राखेर स्टीज गरेको हुनुपर्नेमा खुला–खुलाको मतपत्र स्टीच भएको रहेछ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘त्यस्तो मतपत्र बदर हुने व्यवस्था छ । त्यो मतपत्रमा उहाँहरुलाई नै भोट हालिएको रहेछ, त्यसलाई सदर मान्ने निर्णय गर्‍यौँ । तर पुःन मतदानको माग आयो जुन सम्भव नै थिएन ।’

    ७० वडामा सर्वसहमत, ८ वडामा निर्वाचन

    ७९ वडा रहेको जिल्लाको निर्मलीडाँडा बाहेक सबै वडाको अधिबेसन सम्पन्न भएको छ । ७० वडामा सर्वसहमत र ८ वडामा निर्वाचनका माध्यमबाट नेतृत्व टुंग्याइएको कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताए ।

    सहमती नजुट्दा दिप्रुङ चुईचुम्मा गाउँपालिकाको याम्खा, डाँडागाउँ र बतासे, जन्तेढुंगा गाउँपालिकाको चिसापानी र काहुले, केपिलासगढी गाउँपालिकाको बाक्सिला र सुंदेल तथा ऐसेलुखर्क गाउँपालिकाको बाकाचोलमा मतदानका माध्यमबाट वडा अधिबेसन टुंग्याइएको कांग्रेसले जनाएको छ ।

    कांग्रेसका ६ हजार ८०० क्रियासिल सदस्य रहेको जिल्लाको हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी गाउँपालिका, खोटेहाङ गाउँपालिका, साकेला गाउँपालिका र बराहपोखरी गाउँपालिकाका सबै वडामा सर्वसहमतढंगबाट वडा अधिबेसन सम्पन्न भएको छ ।

    निर्मलीडाँडाको अधिबेसन स्थगित

    चुनावका लागि वडा सभापतिको मनोनयन दर्ता गर्ने क्रममा विवाद भएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाको वडा अधिबेसन स्थगित गरिएको हो ।

    शुक्रबार वडा सभापतिका लागि मनोनयन दर्ता गर्ने क्रममै विवाद भएपछि सहमती गरेर वडा अधिबेसन स्थगित गरिएको सूचना टाँस गरिएको मतदान अधिकृत घनश्याम आचार्यले बताए ।

    निर्मलीडाँडामा वडा सभापतिका लागि वर्तमान अध्यक्ष देशकुमार राई, विष्णुप्रसाद ढकाल, प्रेमकुमार राई र रमाहाङ राई आकांक्षी देखिएका छन् ।

    दुई उम्मेद्वारबिचको पुरानो मतभेद तथा तुषको विषयले उम्मेद्वारी मनोनयनका क्रममा विवाद निम्तिएको कांग्रेस श्रोतले बताएको छ । कांग्रेसको वडा अभिबेसनबाट वडा सभापति सहित २३ सदस्यीय वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयन गर्ने व्यवस्था छ ।

    सम्बन्धित समाचार