शनिवार, भाद्र १९ २०७८
नेपाल वाइड
खोटाङ । भदौ १९, खोटाङका ७६ वडामा नेपाली कांग्रेसको वडा अधिबेसन टुंगिएको छ । नेपाली कांग्रेसको १४ औं महाधिबेसन अन्तरगत जिल्लाको ७९ वडामध्ये ७६ वडाको अधिबेसन मतदान एवं सर्वहमतीय ढंगबाट टुंगिएको हो । ६९ वडामा सर्वसहमत र ७ वडामा निर्वाचनका माध्यमबाट नेतृत्व टुंग्याइएको नेपाली कांग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशीले बताए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाको अधिबेसन शुक्रबारदेखि स्थगित छ । दिप्रुङ चुईचुम्मा गाउँपालिकाको याम्खाको मत गणना विवाद भएपछि तीन÷चार घण्टादेखि रोकिएको छ ।
यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकाको टेम्माको वडा अधिबेसन निर्वाचनका माध्यमबाट टुंग्याउने भनिए पनि अहिले सर्वसहमतीको प्रयास भइरहेको कांग्रेसले जनाएको छ ।
सहमती नजुट्दा दिप्रुङ चुईचुम्मा गाउँपालिकाको डाँडागाउँ र बतासे, जन्तेढुंगा गाउँपालिकाको चिसापानी र काहुले, केपिलासगढी गाउँपालिकाको बाक्सिला र सुंदेल तथा ऐसेलुखर्क गाउँपालिकाको बाकाचोलमा मतदानका माध्यमबाट वडा अधिबेसन टुंग्याइएको सचिव जोशीले बताए ।
खोटाङमा कांग्रेसको ६ हजार ८०० क्रियासिल सदस्य छन् । कांग्रेसको वडा अभिबेसनबाट वडा सभापति सहित २३ सदस्यीय वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयन गर्ने व्यवस्था छ । कांग्रेसको उपल्लो पदमा लड्नका लागि क्षेत्रीय प्रतिनिधि अनिवार्य चुनिनुपर्ने भएकाले क्षेत्रीय प्रतिनिधि चयनमा मारामार हुने गरेको छ ।