Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    खोटाङमा खुल्यो नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)को कार्यालय

    खोटाङमा खुल्यो नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)को कार्यालय


    • शनिवार, भाद्र १९ २०७८

    • नेपाल वाइड


    खोटाङमा खुल्यो नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)को कार्यालय
    पार्टी कार्यालयको बोर्ड झुण्ड्याउँदै नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)का प्रदेश समन्वय समितिका संयोजक बिरवलकाजी राई लगायत । तस्बिर : नेपालवाईड डटकम

    खोटाङ । भदौ १९, खोटाङमा नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)ले कार्यालय स्थापना गरेको छ । एमालेको समानान्तर कमिटिलाई नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)मा रुपान्तरण गर्दै शनिबार दिक्तेलको बेस क्याम्पमा कार्यालय स्थापना गरिएको हो ।

    नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)का प्रदेश समन्वय समितिका संयोजक बिरवलकाजी राई, जिल्ला अध्यक्ष बबी चाम्लिङ लगायतले संयुक्त रुपमा पार्टीको बोर्ड झुण्ड्याएर कार्यालय उद्घाटन गरेका हुन् ।

    नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)ले जिल्लास्थित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा मालेको नेताको उपस्थितिमा पार्टी कार्यालय स्थापना गरेको हो ।

    पार्टी कार्यालय उद्घाटन अगाडि आयोजित कार्यक्रममा बोल्दै पुर्व सांसद एबं नेकपा मालेका पोलिटव्यूरो सदस्य कुलप्रसाद फुयाँल, जनता समाजवादी पार्टीका प्रदेश कमिटि सचिव सुर्यवहादुर राई, नेपाली कांग्रेसका जिल्ला सदस्य डिल्लीकुमारी आचार्य, नेकपा माओवादी केन्द्रका दिक्तेल नगर कमिटिका अध्यक्ष विसन राई, नेकपा माले जिल्ला कमिटि सचिवालय सदस्य झुलेन्द्र बिक लगायतले जिल्लामा विचार मिल्ने तथा अग्रगामी चरित्रका पार्टीविचमा कार्यगत एकता गर्दै अघि बढ्नुपर्नेमा धारणा राखेका छन् ।

    Utghatan.jpg

    नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङको कार्यालय उद्धघाटनकाक्रममा ।

    अध्यक्ष चाम्लिङको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला कमिटिका सचिवालय सदस्य एबं युवा तथा खेलकुद विभाग प्रमुख माईतीराज राई र दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटि अध्यक्ष यादवसेन राईले पार्टीकोतर्फबाट धारणा राखेका थिए ।

    नेकपा एमाले जिल्ला कमिटिको २०७२ साल बैसाख १० गतेदेखि १४ गतेसम्म भएको छैठौं अधिबेसनमा निर्वाचित ५९ सदस्यमध्ये अध्यक्ष बबी चाम्लिङ सहित २३ सदस्य नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)मा लागेको सो पार्टीका जिल्ला सचिव जलसेर राईले बताए ।

    एमालेभित्र मतभेद भएसँगै बनाइएको समानान्तर कमिटिलाई नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)मा रुपान्तरण गरेर ६१ सदस्यीय जिल्ला कमिटि बनाउने तयारी गरिएको जनाइएको छ ।

    जिल्ला कमिटिमा ४० प्रतिशत युवाको सहभागीता रहने सचिव राईले बताए । जवजको उपलव्धीलाई आत्मसाथ गर्दै वैज्ञानिक समाजवाद उन्मुख मार्गदर्शनलाई अलवम्वन गर्ने नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)ले जनाएको छ ।

    सम्बन्धित समाचार