Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    कांग्रेस वडा अधिबेसन : खोटाङका ४५ वडामा सर्वसहमत, ११ वडामा चुनाव

    कांग्रेस वडा अधिबेसन : खोटाङका ४५ वडामा सर्वसहमत, ११ वडामा चुनाव


    • शुक्रवार, भाद्र १८ २०७८

    • नेपाल वाइड


    कांग्रेस वडा अधिबेसन : खोटाङका ४५ वडामा सर्वसहमत, ११ वडामा चुनाव
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडानम्बर ५ लफ्याङको वडा अधिबेसन सर्बसहमतिका साथ सम्पन्न पश्चात । तस्बिर सौजन्य : सञ्जय कुमार राई फेसवुकवालबाट

    खोटाङ । भदौ १८, नेपाली कांग्रेसको १४ औं महाधिबेसन अन्तरगत खोटाङको ११ वडामा नेतृत्व चयनका लागि चुनावी प्रकृया अघि बढेको छ ।

    शुक्रबार उद्घाटन गरिएको वडा अधिबेसन अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल र निर्मलीडाँडा, केपिलासगढी गाउँपालिकाको सुंदेल र बाक्सिला, जन्तेढुंगा गाउँपालिकाको चिसापानी र काहुले तथा दिप्रुङ चुईचुम्मा गाउँपालिकाको याम्खा, डाँडागाउँ, छोरम्बु, बतासे र टेम्मामा कांग्रेसको वडा समिति निर्माणका लागि मतदानको प्रकृया अघि बढेको हो ।

    कतिपय वडाको मतदानको परिणाम आइसकेको र कतिपयको परिणाम आउन बाँकी रहेको कांग्रेसले जनाएको छ । केपिलासगढी गाउँपालिकाको सुंदेलमा मतदानका माध्यमबाट इच्छाबहादुर पौडेल वडा सभापतिमा विजयी भएको कांग्रेसका संगठन विभाग प्रमुख समिर राईले बताए ।

    चुनावका लागि वडा सभापतिको मनोनयन दर्ता गर्ने क्रममा विवाद भएपछि निर्मलीडाँडाको वडा अधिबेसन स्थगित गरिएको हो । वडा सभापतिका लागि मनोनयन दर्ता गर्ने क्रममै विवाद भएपछि सहमती गरेर वडा अधिबेसन स्थगित गरिएको सूचना टाँस गरिएको मतदान अधिकृत घनश्याम आचार्यले बताए ।

    निर्मलीडाँडामा वडा सभापतिका लागि वर्तमान अध्यक्ष देशकुमार राई, विष्णुप्रसाद ढकाल, प्रेमकुमार राई र रमाहाङ राई आकांक्षी देखिएका छन् । विवादपछि सहमती गर्न भनिए पनि सहमती नजुटेपछि वडा अधिबेसन स्थगित गरिएको हो । दुई उम्मेद्वारबिचको पुरानो मतभेद तथा तुषको विषयले उम्मेद्वारी मनोनयनका क्रममा विवाद निम्तिएको कांग्रेस श्रोतले बताएको छ ।

    दिप्रुङ : ७ मध्ये ५ वडामा चुनाव

    ७ वडा रहेको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको छितापोखरी र सछितापोखरी बाहेकका वडामा चुनावी प्रकृया अघि बढेको छ । गाउँपालिका अध्यक्ष भूपेन्द्र राईको वडा याम्खामै घम्साघम्सी चुनावी प्रकृया अघि बढेको हो । याम्खामा नेत्रकुमार राई र रामचन्द्र राई वडा सभापतिका लागि चुनावी मैदानमा उत्रिएका छन् ।

    यस्तै, भूपेन्द्र राई र नइन्द्र राई लगायत क्षेत्रीय प्रतिनिधिमा उठेका छन् । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ वडामध्ये करिब ४५ वडाको नेतृत्व सर्वसहमत चयन भएको कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताए ।

    ऐसेलुखर्क गाउँपालिकाको बाकाचोलमा पाँच जना क्रियासिल सदस्यको विषयमा भएको विवादकाबिच वडा कार्य समिति बनेको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी गाउँपालिका, साकेला गाउँपालिका, खोटेहाङ गाउँपालिका र बराहपोखरी गाउँपालिकामा भने सर्वसहमतीय ढंगले वडा कार्य समिति चयनको प्रकृया अघि बढेको कांग्रेसले जनाएको छ ।

    खोटाङमा कांग्रेसको ६ हजार ८०० क्रियासिल सदस्य छन् । कांग्रेसको वडा अभिबेसनबाट वडा सभापति सहित २३ सदस्यीय वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयन गर्ने व्यवस्था छ । कांग्रेसको उपल्लो पदमा लड्नका लागि क्षेत्रीय प्रतिनिधि अनिवार्य चुनिनुपर्ने भएकाले क्षेत्रीय प्रतिनिधि चयनमा मारामार हुने गरेको छ ।

    सम्बन्धित समाचार