Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    वामदेव गौतमले एमालेबाट दिए राजीनामा

    वामदेव गौतमले एमालेबाट दिए राजीनामा


    • शुक्रवार, भाद्र १८ २०७८

    • नेपाल वाइड


    वामदेव गौतमले एमालेबाट दिए राजीनामा
    फायल तस्बिर

    काठमाडौँ । एमाले उपाध्यक्ष वामदेव गौतमले एमाले त्यागेका छन् । उनले शुक्रबार एमाले पार्टी कार्यालय थापाथलीमा राजीनामा पत्र बुझाएका छन् । एमाले पार्टी कार्यालयका सचिब शेरबादुर तामाङले गौतमको राजीनामा आएको खबरहबलाई जानकारी दिए ।

    गत पुसमा तत्कालिन ओली सरकारले पहिलो पटक प्रतिनिधिसभा विघटन गरेपछि तत्कालिन नेकपा दुई मुख्य धारमा विभाजित हुँदा गौतमले तेस्रो धार बनाएका थिए ।

    अहिले एमाले विभाजन हुँदा एमालेभन्दा एकीकृत समाजवादीतर्फ बढी ढक्लिएका गौतमले एमाले त्यागेका हुन् । तर, उनी हालसम्म एकीकृत समाजवादीमा पनि गइसकेका भने छैनन् ।

    गत पुसपछि एमाले अध्यक्ष केपी शर्मा ओलीबाट टाढिएका गौतम फागुन २३ मा एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि ओलीले बोलाएको बैठकमा कहिलेकाही सहभागी हुने गरेका थिए ।

    एमालेमा चरम विवाद भएका बेला गौतम एक दुई पटक ओलीले बोलाएको बैठकमा सहभागी भए पनि एमाले विभाजनपछि ओलीले बोलाएको बैठकमा सहभागी भएका थिएनन् ।

     

    सम्बन्धित समाचार