Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    खोटाङ कांग्रेस अधिवेसन :

    विवादका कारण कांग्रेसको वडा अधिबेसन स्थगित

    विवादका कारण कांग्रेसको वडा अधिबेसन स्थगित


    • शुक्रवार, भाद्र १८ २०७८

    • नेपाल वाइड


    विवादका कारण कांग्रेसको वडा अधिबेसन स्थगित
    सांकेतिक तस्बिर

    खोटाङ । भदौ १८, विवादका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाको वडा अधिबेसन स्थगित गरिएको छ । चुनावका लागि वडाध्यक्षको मनोनयन दर्ता गर्ने क्रममा विवाद भएपछि शुक्रबारको वडा अधिबेसन स्थगित गरिएको मतदान अधिकृत घनश्याम आचार्यले बताए ।

    वडाध्यक्षका लागि मनोनयन दर्ता गर्ने क्रममै विवाद भएपछि सहमती गरेर वडा अधिबेसन स्थगित गरिएको सूचना टाँस गरिसकिएको छ । वडाध्यक्षका लागि वर्तमान अध्यक्ष देशकुमार राई, विष्णुप्रसाद ढकाल, प्रेमकुमार राई र रमाहाङ राई आकांक्षी देखिएका छन् ।

    विवादपछि सहमती गर्न भनिए पनि सहमती नजुटेपछि वडा अधिबेसन स्थगित गरिएको मतदान अधिकृत आचार्यले बताए । दुई उम्मेद्वारबिचको पुरानो तुषको विषयले उम्मेद्वारी मनोनयनका क्रममा विवाद निम्तिएको बताइएको छ ।

    सहमती जुटेको वडामा निर्विरोध वडा कार्य समिति चयन गरिएको र सहमती जुट्न नसकेको वडामा चुनावी प्रकृया अघि बढाइएको कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताए ।

    सम्बन्धित समाचार