Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कांग्रेस महाधिबेसन

    कांग्रेसको आज वडा अधिबेसन हुँदै, यी वडामा हुनसक्छ निर्वाचन ?

    कांग्रेसको आज वडा अधिबेसन हुँदै, यी वडामा हुनसक्छ निर्वाचन ?


    • शुक्रवार, भाद्र १८ २०७८

    • नेपाल वाइड


    कांग्रेसको आज वडा अधिबेसन हुँदै, यी वडामा हुनसक्छ निर्वाचन ?
    सांकेतिक तस्बिर

    खोटाङ । भदौ १८, नेपाली कांग्रेसको वडा अधिवेसन शुक्रबार हुँदैछ । कांग्रेसको १४ औं महाधिबेसन अन्तरगत खोटाङका दुई नगरपालिका र आठ गाउँपालिकाको ७९ वडामा पनि वडा अधिबेसन हुँदैछ ।

    वडा अधिबेसनमा जिल्लाका ६ हजार ८०० क्रियासिल सदस्यले मताधिकार प्रयोग गर्ने नेपाली कांग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशीले बताए । वडा अधिबेसनका लागि खोटाङमा केन्द्रिय समितिले विकास भट्टराईलाई खटाएको छ । अधिकांश वडामा सर्वसम्मत अधिबेसन हुने र केही वडामा निर्वाचनबाट अधिबेसन टुंगिने अनुमान गरिएको सचिव जोशीले बताए ।

    यी वडामा हुनसक्छ निर्वाचन ?

    १५ वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल र निर्मलीडाँडामा निर्वाचन हुने आँकलन गरिएको छ । ११ वडा रहेको हलेसी तुवाचुङ नगरपालिकाको पनि एक/दुई वडामा निर्वाचन हुनसक्ने अनुमान छ । ७ वडा रहेको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको तीन/चार वडामा चुनाव हुने अनुमान गरिएको छ ।

    यस्तै, जन्तेढुंगा गाउँपालिकाको चिसापानी, ऐसेलुखर्क गाउँपालिकाको बाकाचोलमा पनि चुनाव हुनसक्ने आँकलन छ । बराहपोखरी गाउँपालिका, केपिलासगढी, खोटेहाङ गाउँपालिका र साकेला गाउँपालिकामा सर्वसम्मत तरिकाले नै वडा अधिबेसन सम्पन्न हुने दावी गरिएको छ ।

    वडा अधिबेसन, गाउँ/नगरपालिका अधिबेसन, प्रदेश क्षेत्र क/ख अधिबेसन, संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय अधिबेसन नजिकिएसँगै कांग्रेसभित्र चुनावी सारगर्मी बढेको छ ।

    कांग्रेसको वडा अधिबेसन भदौ १८ गते, गाउँ/नगरपालिका अधिबेसन भदौ २७ गते, प्रदेश क्षेत्र क/ख अधिबेसन असोज १ गते, संघीय निर्वाचन क्षेत्रको अधिबेसन असोज ५ गते, जिल्ला अधिबेसन असोज १० गते, प्रदेश अधिबेसन कात्तिक १० गतेदेखि १२ गतेसम्म र केन्द्रीय महाधिबेसन मंसिर ९ गतेदेखि १३ गतेसम्म हुने कांग्रेसले जनाएको छ ।

    सम्बन्धित समाचार