Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    खोटाङमा कोरोना संक्रमणका कारण २० महिनाको बच्चा र वृद्धको मृत्यु

    खोटाङमा कोरोना संक्रमणका कारण २० महिनाको बच्चा र वृद्धको मृत्यु


    • बिहिवार, भाद्र १७ २०७८

    • नेपाल वाइड


    खोटाङमा कोरोना  संक्रमणका कारण २० महिनाको बच्चा र वृद्धको मृत्यु
    सांकेतिक तस्बिर

    खोटाङ । भदौ १७, कोभिड–१९ को संक्रमणका कारण खोटाङमा २० महिनाको बच्चा र वृद्धको मृत्यु भएको छ । कोभिड संक्रमणका कारण रावाबेँसी गाउँपालिका–२ खार्पाकी २० महिनाकी वालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका श्रेष्ठ थरका वृद्धको मृत्यु भएको हो ।

    वालिकाको बुधबार बेलुकी घरैमा र वृद्धको अस्थायी कोभिड अस्पताल दिक्तेलमा बिहिबार बिहान मृत्यु भएको हो । यससँगै जिल्लामा कोभिड संक्रमणका कारण मुत्यु हुनेको संख्या १४ पुगेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए ।

    बुवाआमालाई संक्रमण पूष्टिभएपछि एन्टीजेन परिक्षण गर्दा बालिकालाई पनि संक्रमण पूष्टि भएको थियो । हरम्टारस्थित अस्थायी कोभिड अस्पतालमा पु¥याइए पनि निको नहुने भन्दै रेफर गरेपछि बुधबार बिहान घर ल्याइएका बालिकाको बेलुका मृत्यु भएको रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताए ।

    यस्तै, भदौ १५ गते अस्थायी कोभिड अस्पताल दिक्तेलमा भर्ना भएका वृद्धको श्वास–प्रश्वासमा समस्या भएपछि मृत्यु भएको हो । कडा निमोनियाका कारण फोक्सोमा गम्भीर समस्या निम्तिएपछि वृद्धको मृत्यु भएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा. बैभव मल्लिकले बताए ।

    सम्बन्धित समाचार