Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    प्रदेशसभा सांसद राजन राई नेकपा (एकीकृत समाजवादी)मा खुले

    प्रदेशसभा सांसद राजन राई नेकपा (एकीकृत समाजवादी)मा खुले


    • बुधवार, भाद्र १६ २०७८

    • नेपाल वाइड


    प्रदेशसभा सांसद राजन राई नेकपा (एकीकृत समाजवादी)मा खुले
    तस्बिर : अनलाईनखबर

    खोटाङ । भदौ १६, खोटाङका प्रदेशसभा सांसद राजन राई नेकपा (एकीकृत समाजवादी) मा खुलेका छन् । प्रदेशसभा सांसद राई नेकपा एमालेबाट अलग्गिएका माधव नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी०मा खुलेका हुन् ।

    सांसद राईले बुधबार एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) रोजेका हुन् । राई सुरुदेखि नै माधव नेपाल निकट मानिन्छन् । निर्वाचन आयोगमा पुगेर नेकपा (एकीकृत समाजवादी) का लागि सनाखत गरेसँगै सांसद राई एमालेमै रहने झिनो आशा टुंगिएको छ ।

    नेकपा एमालेका अर्का प्रदेशसभा सांसद उषाकला राई भने एमालेमै रहेकी छन् । उषाकला गत भदौ १० गतेसम्म सामाजिक विकास मन्त्री थिईन् । प्रदेश नम्बर १ को मुख्यमन्त्री भीम आचार्य बनेर मन्त्रीपरिषद गठनका क्रममा उनी मन्त्रीबाट बाहिरिएकी छन् ।

    तीन जना प्रदेश सांसदमध्ये रामकुमार राई पासाङ भने नेकपा माओबादी केन्द्रका हुन् । बुधबार एमालेका ५१ प्रदेश सांसदमध्ये १० जनाले एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) मा खुलेका छन् ।

    सम्बन्धित समाचार