Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    कांग्रेस नेताको पहलमा भित्रियो करोडौंको स्वास्थ्य सामग्री

    कांग्रेस नेताको पहलमा भित्रियो करोडौंको स्वास्थ्य सामग्री


    • बुधवार, भाद्र १६ २०७८

    • नेपाल वाइड


    कांग्रेस नेताको पहलमा भित्रियो करोडौंको स्वास्थ्य सामग्री
    स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै कांग्रेस महासमिति सदस्य रविप्रकाश राई र संविधानसभा सदस्य एवं महासमिति सदस्य सरस्वती बजिमय । तस्बिर : नेपालवाईड डटकम

    खोटाङ । भदौ १६, स्वास्थ्य कार्यालय खोटाङमा कोभिड–१९ को महामारी विरुद्ध उपयोग हुने करोडौंको स्वास्थ्य सामग्री जुटाइएको छ । नेपाली कांग्रेस महासमिति सदस्य रविप्रकाश राई र संविधानसभा सदस्य एवं महासमिति सदस्य सरस्वती बजिमयलको पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ को रोमथाम तथा नियन्त्रणका क्रममा उपयोग हुने स्वास्थ्य सामग्री जुटाइएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जुटाइएको अक्सिजन सिलिण्डर, पल्स अक्सिमिटर, एन्टीजेन किट, गाउन सेट, मास्क, ग्लोव्स लगायतका स्वास्थ्य सामग्री बुधबार कांग्रेस महासमिति सदस्य राई र संविधानसभा सदस्य एवं महासमिति सदस्य सरस्वती बजिमयले स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देललाई हस्तान्तरण गरेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागबाट १० हजार सेट एन्टीजेन किट, ५० पिस पल्स अक्सिमिटर, ५० लिटर क्षमताको २५ पिस अक्सिजन सिलिण्डर र १ सय पिस नजल अक्सिजल ट्यूव ल्याइएको छ ।

    यस्तै, ७ सय पिस कोभिड गाउन सेट, ३ सय जोडी कोभिड सुज कजर, ५० पिस डेथबडी व्याग, ३ सय पिस कोभिड फेसशिल्ड, २५ लिटर ह्याण्टसेनीटाइजर, ५ सय जोडी कोभिड ग्लोभ्स, ८ हजार पिस कोभिड मास्क, ५ सय पिस एन ९५ मास्क र ३ सय पिस सर्जिकल मास्क ल्याइएको छ ।

    health materials by rabi prakash (G)3.jpg
    स्वास्थ्य कार्यालय खोटाङलाई प्राप्त स्वास्थ्य सामाग्री । तस्बिर : नेपालवाईड डटकम

    स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलका अनुसार करिब तीन करोडको स्वास्थ्य सामग्री जिल्ला आइपुगेको हो । जिल्लाका १० वटै स्थानीय तहमा पुर्‍याउनेगरी स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको महासमिति सदस्य राईले बताए ।

    ‘जव हामी खोटाङका गाउँ–गाउँमा पुग्यौं, कोभिडबाट नागरिक छट्पटाइरहेका पायौं । अक्सिजन नपाएर नागरिकले कष्ट खेप्न वाध्य थिए । कतिले ज्यान गुमाउनु पर्‍यो । त्यही दृष्टान्टलाई मध्यनजर गर्दै काठ्माण्डौं पुगेकोबेला स्वास्थ्य सामग्री ल्याउनका लागि पुलको काम गरेका हौँ,’ महासमिति सदस्य राईले भने, ‘अक्सिजनको अभावमा कसैले अकालमा ज्यान गुमाउन नपरोस् ।

    सहज तरिकाले महामारी विरुद्ध लड्न सकियोस् भन्ने हेतुले हामीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई आग्रह गरेर स्वास्थ्य सामग्री ल्याएका हौं ।’ मन्त्रालयबाट प्राप्त स्वास्थ्य सामग्री ढुवानी खर्च आफैले जुटाएर काठ्माण्डौंबाट दिक्तेल ल्याइएको जानकारी दिइएको छ ।

    Samagri 2.jpg
    स्वास्थ्य कार्यालय खोटाङलाई प्राप्त स्वास्थ्य सामाग्री । तस्बिर : नेपालवाईड डटकम

    स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, कांग्रेस महासमिती सदस्य कमला राई लगायतको उपस्थिति रहेको थियो । कांग्रेसजन महाधिबेसनमा होमिएको बेला महासमिति सदस्य राई दुई गाडी स्वास्थ्य सामग्री लिएर जिल्ला भित्रिएका हुन् ।

    कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश सरकार र कतिपय व्यक्तिगत सहयोगमा स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री जुटिरहेको छ ।

    स्वास्थ्य कार्यालयको माग एवं जिल्लाका जनप्रतिनिधि तथा दलका नेताको पहलमा अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, पिपिई गाउन, मास्क, सेनीटाइजर लगायतमा स्वास्थ्य सामग्री भित्रिने क्रम जारी छ ।

    सम्बन्धित समाचार