Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    उर्जा

    खोटाङमा अरुण तेश्रोका लागि अधिग्रहण हुने जग्गा यकिन गर्न सुरु

    खोटाङमा अरुण तेश्रोका लागि अधिग्रहण हुने जग्गा यकिन गर्न सुरु


    • मंगलवार, भाद्र १५ २०७८

    • नेपाल वाइड


    खोटाङमा अरुण तेश्रोका लागि अधिग्रहण हुने जग्गा यकिन गर्न सुरु
    फायल तस्बिर

    खोटाङ । भदौ १५, खोटाङमा अरुण तेश्रो जलविद्युत आयोजनाबाट अधिग्रहण हुने जग्गा यकिन गर्न सुरु गरिएको छ । संखुवासभामा निर्माणाधिन ९०० मेगावाट क्षमताको अरुण तेश्रोको प्रशारणलाईनले ओगट्ने दुई गाउँपालिकाभित्रका जग्गा अधिग्रहणका लागि जग्गाको कित्ता नम्बर, क्षेत्रफल, जग्गाधनीको नाम लगायतका विवरण संकलन सुरु गरिएको हो ।

    संखुवासभाबाट भोजपुर, खोटाङको साकेला गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिका हुँदै उदयपुरबाट ढल्केबरमा जोडिने अरुण तेश्रोको प्रशारणलाईनले ओगट्ने जग्गाको विवरण यकिन गर्ने काम भइरहेको अरुण तेश्रो जलविद्युत आयोजनाका साईडअफिस को–अर्डिनेटर प्रविण यादवले बताउनुभयो ।

    २०७२ सालमा गरिएको गुगल म्यापिङ, आइइई लगायतका क्रममा साकेला गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ३०/४० घरका १३८ कित्ता जग्गा अधिग्रहण गर्ने निश्चित गरिएको थियो ।

    प्रशारणलाईनको रुट निश्चित गरेसँगै त्यो बेला रुटमा पर्ने जग्गा अधिग्रहणका लागि रोक्का गरिएको थियो । तर, हाल पहिरो, खोलाखोल्सी, मानव वस्ती, पहरा लगायतका प्राकृतिक अवरोधलाई छल्नका लागि जलविद्युत आयोजनाको रुट सामान्य परिवर्तन भएपछि अधिग्रहण हुने जग्गाको पुःन यकिन गर्न सुरु गरिएको हो ।

    आयोजनाको रुट परिवर्तन भएसँगै दुई वर्षदेखि रोक्का जग्गा फुकुवा गर्ने निर्णय गरिसकिएको साईडअफिस को–अर्डिनेटर यादवले बताउनुभयो ।

    खोटाङका दुई गाउँपालिकामा ७९ वटा पोल राखिने छन् । जिल्ला मालपोत कार्यालयसँगको समन्वयमा आयोजनाको प्रशारणलाईनले ओगट्ने जग्गा छुट्याउने र मुआव्जा दिलाउने प्रकृया सुरु हुने आयोजनाले जनाएको छ ।

    सम्बन्धित समाचार