Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    जिल्ला अस्पताल खोटाङको स्तरोन्नतीको तयारी, ५० शैयाको भवन बन्दै

    जिल्ला अस्पताल खोटाङको स्तरोन्नतीको तयारी, ५० शैयाको भवन बन्दै

    २०४९ साल बैसाख १ गतेमा स्थापना गरिएको अस्पतालको नयाँ भवन निर्माणका लागि पुरानो भवन हटाउन सुरु

    • सोमवार, भाद्र १४ २०७८

    • नेपाल वाइड


    जिल्ला अस्पताल खोटाङको स्तरोन्नतीको तयारी, ५० शैयाको भवन बन्दै
    जिल्ला अस्पताल खोटाङको भवन । यी भवन हटाएर ५० शैयाको भवन बनाउने तयारी गरिएको छ । तस्बिर : नेपालवाईड डटकम

    खोटाङ । भदौ १४, जिल्ला अस्पताल खोटाङको ५० शैयाको भवन निर्माणको तयारी थालिएको छ । जिल्ला अस्पताललाई २५ देखि ५० शैयामा स्तरोन्नती गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रम अनुशार जिल्ला अस्पतालको ५० शैयाको भवन निर्माणको तयारी थालिएको हो ।

    हालको १५ शैयाको जिल्ला अस्पतालको बिरामी भर्ना गर्ने वार्ड, डेलीभरी वार्ड, शल्यक्रीया कक्ष, इमरजेन्सी वार्ड लगायत रहेको भवनलाई भत्काएर नयाँ भवन निर्माणको तयारी थालिएको जिल्ला अस्पतालका प्रमुख डा. बैभव मल्लिकले बताए ।

    ४० मिटर लम्बाई र २०.५ मिटर चौंडाई हुने चार तले भवन निर्माणको काम श्यामसुन्दर/राम सुन्दर नेपाल/फूलवारी जेभीले लिएको छ । संघीय सरकारको करिब २१ करोडको लागतमा ३० महिनाभित्र भवन निर्माणको काम सक्नेगरी गत असारमा अस्पतालको भवन निर्माणको ठेक्का सम्झौता गरिएको निर्माण कम्पनीका इन्जिनियर राजकिशोर शाहले बताए ।

    २०४९ साल बैसाख १ गतेमा स्थापना गरिएको अस्पतालको नयाँ भवन निर्माणका लागि पुरानो भवन हटाउन सुरु गरिएको छ । उपचार सेवालाई निरन्तरता दिनका लागि पुरानो भवन भत्काउनअघि नजिकै प्रि–फ्यावको अस्थायी भवन बनाउन घडेरी सम्याउन थालिएको छ ।

    Ghader पुरानो भवन भत्काउनअघि नजिकै प्रि–फ्यावको अस्थायी भवन बनाउन घडेरी सम्याउदै ।.jpg

    पुरानो भवन भत्काउनअघि नजिकै प्रि–फ्यावको अस्थायी भवन बनाउन घडेरी सम्याउदै ।

    गत भदौ ३ गतेदेखि अस्थायी भवन बनाउन घडेरी सम्याउन सुरु गरिएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताए । चार तले भवनको पहिलो तलामा ओपिडि कक्ष, इमरजेन्सि कक्ष, इमरजेन्सि अपरेसन कक्ष, एक्स–रे कक्ष, फार्मेसी, सेक्यूरिटी रुम बनाइने छ ।

    दोश्रो तलामा प्रशुती सम्वन्धी सेवा तथा प्रशुती सम्वन्धी अप्रेसन, तेश्रो तलामा आइसियू कक्ष, आइसोलेसन कक्ष, क्याविन वार्ड तथा चौथो तलामा प्रशासन, लेखा, सेमीनार हल लगायतका संरचना निर्माण गरिने जनाइएको छ । स्थापना कालमा डा. प्रकाश बिष्टले जिल्ला अस्पतालमा सेवा गरेका थिए । 

    सम्बन्धित समाचार