Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    'नेपालमा कोभिडविरुद्धको खोपले ९० प्रतिशतसम्म ‘एन्टिबडी’ विकास गर्‍याे'

    'नेपालमा कोभिडविरुद्धको खोपले ९० प्रतिशतसम्म ‘एन्टिबडी’ विकास गर्‍याे'


    • आइतवार, भाद्र १३ २०७८

    • नेपाल वाइड


    'नेपालमा कोभिडविरुद्धको खोपले ९० प्रतिशतसम्म ‘एन्टिबडी’ विकास गर्‍याे'
    फायल तस्बिर

    काठमाडौं । नेपालमा कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिहरूमा ९० प्रतिशतसम्म ‘एन्टिबडी’ विकास भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असार २१ देखि साउन अन्तिमसम्म गरेको ‘सेरोप्रिभ्यालेनस’ सर्वेक्षणमा पहिलो डोज खोप लगाएकाहरूमा ८० प्रतिशत र दुवै डोज लगाएकाहरूमा ९० प्रतिशसम्म ‘एन्टिबडी’ देखिएको हो । 

    मन्त्रालयका अनुसार कोभिड महामारी सुरु भएयता दोस्रोपटक देशभरबाट प्रतिनिधित्व गरी १३ हजार १६१ जनाको परीक्षण गरी विश्लेषण गरिएको थियो । सर्वेक्षणको प्रारम्भिक नतिजामा ६८.६ प्रतिशत नमुनामा कोभिड १९ एन्टिबडी देखाएको थियो ।

    सर्वेक्षणमा सातै प्रदेश, हिमाल, पहाड, तराई, गाउँ, सहर तथा सबै उमेर र लिङ्गका व्यक्तिहरूमा समान रूपमा ‘एन्टिबडी’ देखिएको मन्त्रालयले जनाएको छ ।  

    सम्बन्धित समाचार