Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    बढ्यो कांग्रेसको अधिबेसन सारगर्मी

    युवा नेता रामचन्द्र राईले गरे नगरसभापतिमा उम्मेद्वारीको घोषणा

    युवा नेता रामचन्द्र राईले गरे नगरसभापतिमा उम्मेद्वारीको घोषणा


    • आइतवार, भाद्र १३ २०७८

    • नेपाल वाइड


    युवा नेता रामचन्द्र राईले गरे नगरसभापतिमा उम्मेद्वारीको घोषणा
    नगरसभापतिको उम्मेद्वारी घोषणा गर्दै कांग्रेसका युवा नेता रामचन्द्र राई । तस्बिर : नेपालवाईड डटकम

    खोटाङ । भदौ १३, नेपाली कांग्रेस खोटाङका युवा नेता रामचन्द्र राईले कांग्रेसको आसन्न अधिबेसनमा दिक्तेल रुपाकोट मझुवागढी नगर सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका वडाध्यक्ष रहेका राईले आइतबार हुर्लुङमा प्रेस युनियन खोटाङद्धारा आयोजित पत्रकार सम्मेलनमार्फत आगामी भदौ २७ गते हुने कांग्रेसको गाउँ/नगरपालिका निर्वाचनमा नगर सभापतिमा उठ्ने घोषणा गरेका हुन् ।

    कांग्रेसलाई बुढोको पार्टी भनिने आक्षेपलाई चिर्दै नेतृत्वमा पुगेर पार्टीको सुदृढकिरणका लागि नगर सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेको नेता राईले बताए ।

    ‘कांग्रेसको नेतृत्वमा युवा पुग्नु पर्छ । यो युवाको पार्टी हो भनेर देखाउनु छ । नगरपालिकामा कांग्रेसको संगठनलाई सुदृढिकरण गर्ने र मजवुद बनाउने योजना सहित उम्मेद्वारी दिने निर्णय गरेको हुँ,’ पत्रकार सम्मेलनमा राईले भने, ‘हाम्रो भेगीय र जातीय सन्तुलन मिलाएर टिम बन्छ । पार्टीलाई फलाऔं फूलाऔं भन्ने लक्ष्य छ । यसका लागि पार्टीलाई म जत्तिको युवा चाहिन्छ । यसका लागि सवै एंगलबाट म योग्य छु ।’

    नगर सभापतिका प्रत्यासी राईले पत्रकार सम्मेलनमा कुनै पनि गुट/उपगुटकातर्फबाट उम्मेद्वारी नदिएको बताए । उनले ज्येष्ठ नेता तथा कार्यकर्ताको सम्मान गर्दै सवैलाई समेटेर संगठन मजवुद बनाउन अग्रसर हुने प्रतिवद्धता जनाएका छन् ।

    स्थानीय तहको निर्वाचन अघिसम्म वडा कार्य समिति सभापतिको जिम्मेवारीमा रहेका राईले आफ्नो लागि अवको माथिल्लो र उपयुक्त पद पनि नगर सभापति भएको उल्लेख गरे ।

    ‘स्थानीय तहको निर्वाचनसम्म म वडा कार्य समितिको सभापति थिएँ । मेरोलागि अवको सुहाउँदो पद पनि नगरसभापति हो,’ राईले भने, ‘कतिपयले मलाई मेयरमा उठ्नका लागि नगर सभापतिमा दावी गरेको भनिरहेका छन् । म मेयरमा उठ्नका लागि सभापति बन्न खोजेको होईन । संगठन मजवुद बनाउनका लागि नगरसभापतिमा मेरो उम्मेद्वारी हो । संगठन सुदृढ बनाउने योजना सहित म अघि सरेको छु ।’

    रामचन्द्रले नेपाल विद्यार्थी संघको पशुपति क्याम्पसबाट २०६२ सालदेखि राजनीति सुरु गरेका हुन् । कुन्दनराज काफ्लेको प्रोत्साहनमा राजनीतिमा प्रवेश गरेको राईले बताए । जिल्लाकै ठूलो नगरपालिकाको सभापतिका लागि कांग्रेसभित्र प्रकाश श्रेष्ठ, इन्द्र घिमिरे लगायत आकांक्षी रहेको श्रोतले जनाएको छ ।

    वडा अधिबेसन, गाउँ/नगरपालिका अधिबेसन, प्रदेश क्षेत्र क/ख अधिबेसन, संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय अधिबेसन नजिकिएसँगै कांग्रेसभित्र चुनावी सारगर्मी बढेको छ ।

    कांग्रेसको वडा अधिबेसन भदौ १८ गते, गाउँ/नगरपालिका अधिबेसन भदौ २७ गते, प्रदेश क्षेत्र क/ख अधिबेसन असोज १ गते, संघीय निर्वाचन क्षेत्रको अधिबेसन असोज ५ गते, जिल्ला अधिबेसन असोज ६ देखि १०, प्रदेश अधिबेसन असोज १० गते देखि १२ र केन्द्रीय महाधिबेसन मंसिर ९ गतेदेखि १३ गते सम्पन्न हुँदैछ ।

    सम्बन्धित समाचार