शुक्रवार, भाद्र ११ २०७८
नेपाल वाइड
खोटाङ । भदौ ११, खोटाङका युवा गीतकार एबं संगीतकार नविन संघर्षले पुःन अर्को ‘मायाँ रेलैमा’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका गीतकार एवं संगीतकार नविनले आफ्नै शव्द र संगीतमा गायीका तारा श्रीस र गायक प्रदेश राईको स्वरमा सजिएको पुर्वेली लोकगीत सार्वजनिक गरेका हुन् ।
स्टुडियो किङ काठ्माण्डौंमा रेकर्ड गरिएको गीत स्टुडियो किङकै यूटुवबाट सार्वजनिक गरिएको हो । राजु कार्कीको संगीत संयोजन रहेको गीतमा ‘सुख बिसाउने ठाउँ विदेशमा नभै स्वदेशमै भएकाले आफ्नै ठाउँमा रम्नुपर्ने’ जोडी मायाँलुबिचको प्रेमालाप सुन्न सकिन्छ ।

गत मंसिर यता आफ्नै शव्द र संगीतमा ‘गाउँघर छाडी आएँ (मारुनी), छातीमा देश बाेके पाे (स्वदेश गान) र ‘दिक्तेल बजारमा’ बोलको गीत बजारमा ल्याइसकेका नविनले पुःन अर्को पुर्वेली लोकगीत सार्वजनिक गरेका हुन् ।
हाल काभ्रेपलाञ्चोक जिल्लाको चौंरीदेउराली गाउँपालिका–७ मादनकुँडारीस्थित सिर्जनशिल जनता माबिमा कार्यरत नविन सांगीतिक क्षेत्रमा समेत आफ्नो परिचय बनाउन संघर्षरत छन् । हालसम्म बजारमा आएकामध्ये नविनका ‘जंघार तरि नजानु है, नेपाली हुँ भन्ने हाम्रो छाती हुनुपर्छ, आमा, जीन्दगी’ श्रोताले बढि रुचाएका गीत हुन् ।

उनका दर्जनौं गीत पाण्डुलिपीमा सुरक्षित छन् । त्यी गीतहरु क्रमशः रेकर्ड गर्दै सार्वजनिक गरिने गीतकार एबं संगीतकार नविनले बताए । २०६८ सालमा संगीतकार भीमसेना राईको सोलो कम्पोज रहेको एल्बम बेस क्याम्पमा समावेस ‘जंघार तरि नजानु है’ बोलको गीतमार्फत नविनले नेपाली गीतसंगीतको औपचारिक यात्रा सुरु गरेका हुन् ।
म्युजिक भिडियो लिङक....