Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    प्रधानमन्त्री देउवा समक्ष खोटाङका दर्जनौं योजनाका लागि बजेट माग

    प्रधानमन्त्री देउवा समक्ष खोटाङका दर्जनौं योजनाका लागि बजेट माग

    सेवा निवृत्त गोर्खा सैनिकको माग सम्बोधनका लागि ध्यानाकर्षण

    • बिहिवार, भाद्र १० २०७८

    • नेपाल वाइड


    प्रधानमन्त्री देउवा समक्ष खोटाङका दर्जनौं योजनाका लागि बजेट माग
    सडक, सिँचाई लगायतका योजना माग गर्दै प्रधानमन्त्री कार्यालय पुगेका कांग्रेस महासमिति सदस्य रविप्रकाश राई लगायत ।

    खोटाङ । भदौ १०, खोटाङका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले दर्जनौं योजनाका लागि प्रधानमन्त्री समक्ष बजेट माग गरेका छन् । नेपाली कांग्रेस महासमिति सदस्य एवं युवा नेता रबिप्रकाश राई नेतृत्वको टोलीले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा समक्ष दर्जनौं सडक तथा सिँचाई योजनाका लागि बजेट माग गरेका हुन् ।

    कांग्रेस नेता तथा कार्यकर्ताको टोलीले प्रधानमन्त्रीलाई माग–पत्र बुझाउँदै जिल्लाको पाथेका–शनिबारे–बालाबेँसी–तापखोला पक्की सडक पुल (डिपिआर भइसकेको), दिक्तेल–अल्छेढुंगा–नेर्पा–दोर्पाचिउरीडाँडा–दोबेला हुँदै डाँडागाउँ–चखेवा सडक स्तरोन्नती तथा पक्की पुल निर्माण, पाथेका–शनिबारे–खार्ताम्छा–फेदी सडक स्तरोन्नती, ऐसेलुखर्क–बाकाचोल–देउराली हुँदै सोलुखुम्बु जोड्ने सडक (डिपिआर भइसकेको), सिमेडाँडा–दिक्तेल–चुप्ला हुँदै नुनथला–बुईपा स्तरोन्नतीका लागि बजेट माग गरेका छन् ।

    यस्तै, याम्खाबाट रमिते गाईखाने हुँदै रिभ्यू स्कुल सडक स्तरोन्नती, खोटाङबजारबाट बडका सावाकटहरे–लिकुवापोखरी हुँदै पामाखाम भञ्ज्याङ भोजपुर सडक स्तरोन्नती, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा थापागाउँबाट विद्योद्धय मावि हुँदै रकु–साल्मे–रतन्छा सडक निर्माण स्तरोन्नती, चिसापानी धाप्लाङ ग्रामिण सडक सुधार योजना, उदयपुर र खोटाङ जोड्ने पक्की पुल निर्माण, रसुवा–सिमपानी–पानधारे सडक सुधार योजना, सिमपानी–इन्द्रेणीपोखरी–चिप्रिङ–छितापोखरी ग्रामिण सडक सुधार योजनाका लागि बजेट माग गरिएको कांग्रेस महासमिति सदस्य राईले बताए ।

    टोलीले साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडा, राजकुलो सिँचाई योजना–बाँझेडाँडागाउँ (डिपिआर सम्पन्न), बराहपोखरी गाउँपालिका–३ साउनेचौंरस्थित साउने साठी कुलो सिँचाई योजना (डिपिआर सम्पन्न), बाम्राङस्थित साँघु खोला–झिसेपु–नेवागाउँ सिँचाई कुलो योजना, फाक्टाङको बेतुवास्थित दिहुँखोला मुहान गरी सिम्पानी–लिच्कीराम्चे खानेपानी योजना, कपुवा खोला मुहान गरी बेतुवा सिँचाई योजना, लपुवा खोला मुहान गरी लामीडाँडा टप्पु सिँचाई योजना, फाक्टाङस्थित टप्पु भञ्ज्याङखर्क र पाने खोला–मार्ला हुँदै बेतुवा सिँचाई योजना, फाक्टाङका लागि बजेट माग गरिएको जनाइएको छ । सो टोलीले जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा आदिवासी जनजाती संग्रहालय भवन निर्माण गर्न, दिप्लुङमै पर्ने भानुमति मन्दिर तथा पर्यटन क्षेत्र सुधार र जन्तेढुंगा पर्यटन क्षेत्र सुधार योजनाका लागि समेत प्रधानमन्त्री समक्ष बजेट माग गरेको छ ।

    सेवा निवृत्त गोर्खा सैनिकको माग सम्बोधनका लागि ध्यानाकर्षण

    नेपाली कांग्रेस महासमिति सदस्य रबिप्रकाश राईले ब्रिटिस नागरिक सरह सुविधाको माग गर्दैआएका सेवा निवृत्त गोर्खा सैनिकको माग सम्बोधनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

    देउवा प्रधानमन्त्री रहेकैबेला सन् १९९७ मा तत्कालिन वेलायती प्रधानमन्त्री जोन मेजरलाई गोर्खा सैनिकको समस्या सम्बोधनका लागि पत्र पठाइएको स्मरण गराउँदै तत्काल वार्ता समिति बनाएर सेवा निवृत्त गोर्खा सैनिकको माग सम्बोधनका लागि ध्यानाकर्षण गराएका हुन् ।

    ‘सन् १९९७ जुलाई १ अघि सेवा निवृत्त भएका गोर्खा सैनिकहरु सोही जिम्मेवारीबाट निवृत्त भएका ब्रिटिस नागरिक सरह सेवा सुविधाबाट बञ्चित रहि आएको मुद्धा उठान गर्दै बेलायतमा तीन गोर्खा भेटेनरहरु आमरण अनसनमा हुनुहुन्थ्यो,’ माग–पत्रमा भनिएको छ, ‘भूपु सैनिकहरुलाई समान सेवा सुविधा प्रदान गर्न बेलायत र नेपाल सरकारले उच्च स्तरिय कुटनीतिक वार्ता समिति गठन गरी वार्ताको लागि तयार हुनुपर्ने माग सम्बोधन भइसकेको छ ।’

    ध्यानाकर्षणका लागि महासमिती सदस्य राई सहित महासमिती सदस्य कमला राई, जिल्ला सह–सचिव प्रेमकुमार राई, क्षेत्र नम्बर २ का सभापति तीर्थराज भट्टराई, तरुण दल पूर्वजिल्ला अध्यक्ष एवं जिल्ला सदस्य राजेन्द्र राई, तरुण दल उपसभापति काजिमान राई, सूचना, सञ्चार तथा प्रचार विभागका केन्द्री सदस्य बिकल राई लगायतको टोली प्रधानमन्त्री निवास पुगेका थिए ।

    सम्बन्धित समाचार