Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    नेकपा (एकीकृत समाजवादी) दर्ता, निर्वाचन आयोगले दियो प्रमाणपत्र

    नेकपा (एकीकृत समाजवादी) दर्ता, निर्वाचन आयोगले दियो प्रमाणपत्र


    • बुधवार, भाद्र ९ २०७८

    • नेपाल वाइड


    नेकपा (एकीकृत समाजवादी) दर्ता, निर्वाचन आयोगले दियो प्रमाणपत्र
    नेकपा एकिकृत समाजवादीका नेताहरु निर्वाचन आयोगमा सनाखतपछि

    काठमाडौं । नेकपा (एमाले) को विभाजनले कानुनी मान्यता पाएको छ । माधव कुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) दर्ता भएसँगै एमाले विभाजने मान्यता पाएको हो ।

    आयोगका अनुसार दल दर्ताका लागि एमालेका ५५ केन्द्रीय सदस्य र ३० सांसदले सनाखत गरेका छन् । एमालेका ५४ केन्द्रीय सदस्य र २९ सांसदले आज निर्वाचन आयोगमा नै पुगेर सनाखत गरेका हुन् ।

    पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भने दिल्ली दूतावासमार्फत् सनाखत पठाएका हुन् । आयोगले मंगलबार सनाखतका लागि स्वयम् उपस्थित हुनुपर्ने भएकाले खनालको सनाखत नहुने निर्णय गरेको थियो । तर, आज भने दूतावासबाट नै आएपछि उनको सनाखतलाई पनि मान्यता दिइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । 

    खनालको सनाखत भएसँगै ५५ केन्द्रीय सदस्य र ३० सांसद्को हस्ताक्षर भएको छ ।  आयोगले सनाखतका लागि आएका सांसदहरू सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र मायादेवी भट्टको सनाखत गर्न भने अस्वीकार गरेको श्रेष्ठले जानकारी दिए । दल दर्ताको निवेदनभन्दा पछि निवेदन आएकाले उनीहरूको सनाखत हुन नसकेको आयोगले जनाएको छ । यसैबीच, लोकतान्त्रिक समाजवादी पार्टीले पनि दल दर्ताको प्रमाणपत्र पाएको छ ।

    सम्बन्धित समाचार