बुधवार, भाद्र ९ २०७८
नेपाल वाइड
काठमाडौं : नेकपा एमालेबाट विभाजन भएर गएको नेकपा एकीकृत समाजवादी पार्टीमा एमालेका २९ सांसद र ५५ केन्द्रीय सदस्यले आफ्नो हस्ताक्षर सनाखत गराएका छन् । उनीहरुले बुधबार निर्वाचन आयोगमा पुगेर आफ्नो हस्ताक्षर सनाखत गराएका हुन् ।
दर्ताका लागि दिइएको निवेदनमा हस्ताक्षर नगरेकाहरुलाई आयोगले सनाखतमा सहभागी गराएको छैन । जसका कारण नेताहरु झलनाथ खनाल, सोमप्रसाद पाण्डेलगायत केही छुटेका छन् । अब कानुनतः उनीहरु एमालेमै रहेको मानिनेछ ।
आयोग निर्वाचन आयोगले सनाखत सकिएर बाँकी काम सके आजै दल दर्ताको प्रमाणपत्र दिने तयारी गरेको छ ।
नेकपा एकीकृत समाजवादीको पक्षमा उभिएका सांसद तथा केन्द्रीय सदस्यहरुको नामवलीको सुची


