बुधवार, भाद्र ९ २०७८
नेपाल वाइड
काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूह र पार्टीको निर्वाचन समितिबीच छलफल हुँदैछ । कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफल सुरु हुँदैछ । बैठकमा निर्वाचन समितिमा पौडेल समूहबाट नेतृत्व गर्ने सदस्यहरुको उपस्थिति रहने स्रोतले जानकारी दियो ।
कार्यतालिका अनुसार भदौ १८ बाट हुने भनिएको वडा अधिवेशनको विषयमा निर्वाचन समितिले गरेको तयारीको बारेमा पौडेल समूहले ब्रिफिङ लिन लागेको हो । बैठकमा रामचन्द्र पौडेल, शशांक कोइराला, अर्जुननरसिंह केसीलगायतका नेताहरुको सहभागिता रहनेछ ।
पौडेलले क्रियाशील विवाद समितिले बुझाएको प्रतिवेदनको विषयमा नेताहरुलाई जानकारी गराउने छन् । यस्तै क्रियाशील सदस्यताका विषयमा धर्नामा रहेका जिल्ला सभापतिहरुको आन्दोलनका विषयमा पनि छलफल हुने बताइएको छ ।