मंगलवार, भाद्र ८ २०७८
नेपाल वाइड
काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय टिमलाई २५ खेलाडीमा झारेका छन् । पछिल्लो पटक नेपाली टिमबाट तीन जना खेलाडी बाहिरिएका छन् ।
गोलकिपर अर्पण कार्की, फरवार्ड अभिषेक रिजाल र शिशिर लेखी टिमबाट बाहिरिएका हुन् । नेपाली राष्ट्रिय टिम हाल पोखरामा बन्द प्रशिक्षणमा छ । नेपाली टिमले भारतसँगको दुई मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसीपको तयारी गरिरहेको छ ।
नेपालले दशरथ रंगशालामा भारतसँग आगामी भदौ १७ र २० गते मैत्रीपूर्ण खेल खेल्नेछ । तेह्रौं संस्करणको दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) आगामी असोज १५ देखि २७ गतेसम्म माल्दिभ्समा हुने तय भएको छ ।
किरण कुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, सुमन अर्याल, दिनेश राजंवशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापामगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अञ्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशीष लामा रहेका छन ।