मंगलवार, भाद्र ८ २०७८
नेपाल वाइड
काठमाण्डौ । भदौ ८, संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परिक्षा भौतिक उपश्थितीमै गराउन निर्देशन दिईएको छ । मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समिति सभापति जयपुरी घर्तीले कोभिड खोप दिएर भौतिक उपस्थितिमा परीक्षा संचालन गर्न निर्देशन दिएकी हुन् । कोभिड संक्रमणको जोखिम रहेको भन्दै स्थगित भएको कक्षा १२ को परीक्षा भौतिक उपस्थितमै लिने तयारी गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।