Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    हरिमोहन श्रेष्ठले गरे ९० औं पटक रक्तदान

    हरिमोहन श्रेष्ठले गरे ९० औं पटक रक्तदान


    • सोमवार, भाद्र ७ २०७८

    • नेपाल वाइड


    हरिमोहन श्रेष्ठले  गरे ९० औं पटक रक्तदान
    रत्तदान गर्दै हरिमोहन श्रेष्ठ

    विराटनगर । भदौ ७, विराटनगर मेनरोडका औषधि व्यवसायी हरिमोहन श्रेष्ठले ९० औं पटक रक्तदान गरेका छन् । सोमबार विराट अस्पतालमा उपचारत मोरङ उर्लाबारीका सञ्जय माझीका लागि उनले ९० औं रक्तदान गरेका हुन् ।

    आइतबार राति उर्लाबारी-४ वरगाछीमा भएको मोटरसाइकल दुर्घटनामा परि माझीको अस्पताल भर्ना गरिएका उनको करङ भाँचिएर छातिमा रगत जमेको र शल्यक्रियाका लागि ए पोजेटिभको ताजा रगत आवश्यक भएको डाक्टरले भनेका थिए ।

    त्यसैले ए पोजेटिभ भएका श्रेष्ठले रक्तदान गरेको विरामीका दाजु भोलानाथ माझीले बताए । श्रेष्ठले तीन-तीन महिनामा रगतको आवश्यक परेका विरामीलाई दिउँसो राति केही नभनी रगत दिंदै आएका छन् ।

    यस अघि पनि उनले बैशाख १९ गते खोटाङ चिसापानीकी उर्मिला राईका लागि उनले रक्तदान गरेका थिए । यस पटक तीन महिना पुग्नसाथ रक्तदान गर्न खोजेपनि कोरोना खोप लगाएको २४ दिनपछि मात्र पाइने भएपछि ढिलो गरी रक्तदान गर्नु परेको बताए । कम्तीमा एक सय पटक रगत दिने रहर रहेको श्रेष्ठले बताए ।

    विराटनगरमा १०० पटक भन्दा बढी रगत दिनेमा डा केएन ठाकुरको कीर्तिमान छ । यस्तै नेपालमा प्रेमसागर कर्मचार्य (काठमाडौं) १६६ पटक र बढी पटक रक्तदान गर्ने नेपालीमा अर्जुन मैनाली छन् ।

    हाल अमेरिकामा रहेका मैनालीले आफ्नो रक्तदानको ३४ औं वार्षिकोत्सव मनाउदै शुक्रबार १९९ पटक रक्तदान गरेका हुन् । यस अवधिमा उनले दिएको रगत ५ सय ९७ जनाको जीवन रक्षाका लागि उपयोग भएको जनाइएको छ ।

    सम्बन्धित समाचार