Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    कांग्रेसका नेता पर्शुराम राईको निधन

    कांग्रेसका नेता पर्शुराम राईको निधन


    • आइतवार, भाद्र ६ २०७८

    • नेपाल वाइड


    कांग्रेसका नेता पर्शुराम राईको निधन
    स्व. पर्शुराम राई

    खोटाङ । भदौ ६, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ निवासी कांग्रेसका पुराना नेता पर्शुराम राईको निधन भएको छ । दुई वर्षदेखि टाउकाकोमा आएको समस्याबाट पिडित राईको ८८ वर्षको उमेरमा आइबार बिहान धितुङस्थित निवासमै निधन भएको हो ।

    बिक्रम संवत १९९० सालमा जन्मिएका राई बुलापन्थे माबि धितुङका संस्थापक अध्यक्ष हुन् । उनी २०५४ सालको स्थानीय तहको निर्वाचनमा साविकको धितुङ–२ बाट कांग्रेसकातर्फबाट वडाध्यक्षका उम्मेद्वार थिए ।

    स्वर्गीय पर्शुराम नेपाली कांग्रेसका युवा नेता एवं सामुदायीक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल प्रदेश नम्बर १ का अध्यक्ष पेशल राईका पिता हुन् । राईको आइतबार नै दासंस्कार गरिएको छ ।

    सम्बन्धित समाचार