आइतवार, भाद्र ६ २०७८
नेपाल वाइड
काठमाडौं । नेपालमा थप एक हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ५१६ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा एक हजार ९२० जनाको नतिजा पोजिटिभ आएको हो ।
नौ हजार ४४३ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार ७०२ र तीन हजार ७३ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २१८ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा कोरोनाका कारण २४ जनाको मृत्यु पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ५०९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर दुई हजार २४८ जना निको भएका छन् । यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ९८ हजार १७३ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७५१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।