Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कला

    ‘साल घारीमा’ गुञ्जिए मेलिना राई र निशान भट्टराई (भिडियो सहित )

    ‘साल घारीमा’ गुञ्जिए मेलिना राई र निशान भट्टराई (भिडियो सहित )


    • शनिवार, भाद्र ५ २०७८

    • नेपाल वाइड


    ‘साल घारीमा’ गुञ्जिए मेलिना राई र निशान भट्टराई  (भिडियो सहित )
    गायिका मेलिना राई

    खोटाङ । भदौ ५, चर्चित गायीका मेलिना राई र निशान भट्टराईको स्वरमा सजिएको ‘साल घारीमा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

    गीतकार सञ्जिव कोयी राईको शव्द, राजु कार्कीको एरेन्ज र दिलीप कोयी राईको संगीत रहेको म्यूजिक भिडियो सन्जिब कोयी युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

    mm.png

    रोमान्टिक शैलीको म्यूजिक भिडियोमा कलाकार अञ्जली अधिकारी, विजय पुन लगायतको अभिनय रहेको छ । वान पिस स्टुडियो काठमाडौंमा रेकर्डिङ गरिएको भिडियो गीत जनता डिजिडल फिल्म मार्फत बजारमा ल्याइएको हो । शुक्रबार सार्वजनिक गरिएको म्यूजिक भिडियोले दर्शकको उत्साहजनक भ्यूज पाइरहेको गीतकार कोयीले बताए ।

    आशिष राईको निर्देशन तथा कोरियोग्राफी गरेको म्यूजिक भिडियोको छायांकन दुर्गा बान्तावा र मनोज राईले गरेका हुन् । मकाउमा रहेका शुभेच्छुक व्यक्ति तथा संस्थाको प्रायोजनमा गीतको म्यूजिक भिडियो निर्माण गरिएको हो । केपिलासगढी गाउँपालिका–७ सुंदेल घर भइ हाल मकाउमा रहेका गीतकार कोयीको यो पहिलो गीत हो ।

    म्यूजिक भिडियोको लिंक 

    सम्बन्धित समाचार