Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    पछिल्लो २४ घण्टामा नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढी

    पछिल्लो २४ घण्टामा नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढी


    • शनिवार, भाद्र ५ २०७८

    • नेपाल वाइड


    पछिल्लो २४ घण्टामा नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढी
    संक्रमण जितेका दुई स्थानीयलाई विदाई गर्दै दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राई । फायल तस्बिर :

    काठमाण्डौ । पछिल्लो २४ घण्टामा नयाँ सङ्क्रमितको सङ्ख्या भन्दा निको हुनेको सङ्ख्या बढी देखिएको छ । थप २ हजार ७५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुँदा यही अवधिमा थप २ हजार ३८२ जना जना निको भएका हुन् । 

    कूल १३ हजार ७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ४२४ र एन्टीजेन विधिबाट ६५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ३२१ रहेको छ ।

    थप २ हजार ३८२ जना निको हुँदा नेपालमा हालसम्म कूल सङ्क्रमित मध्ये ६ लाख ९५ हजार ९२५ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९३.३ प्रतिशत रहेको छ ।

    यही अवधिमा थप ३० जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म १० हजार ४८५ जनाले कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाइ सकेका छन् ।

    पछिल्लो २४ घण्टामा ६३ हजार ९६३ जनाले खोप लगाएका छन् । हालसम्म ४९ लाख ३५ हजार ५६ जनाले एक डोज खोप लगाएका छन् भने ३८ लाख ३५ हजार ६०८ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । 

    सम्बन्धित समाचार