Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    अरिंगालले टोकेर पिसाब बन्द, अपरेशनपछि सास बन्द, अस्पताल तनावग्रस्त

    अरिंगालले टोकेर पिसाब बन्द, अपरेशनपछि सास बन्द, अस्पताल तनावग्रस्त


    • शुक्रवार, भाद्र ४ २०७८

    • नेपाल वाइड


    अरिंगालले टोकेर पिसाब बन्द, अपरेशनपछि सास बन्द, अस्पताल तनावग्रस्त
    फायल तस्बिर

    काठमाण्डौ । अरिंगालले टोकेर उपचारको निम्ति ल्याइएका बिरामीको अस्पतालको लापरबाहीले ज्यान गएको भन्दै आफन्तले नाराबाजी गरेपछि स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल तनावग्रस्त भएको छ ।

    अरिंगालले टोकेपछि धादिङ निलकण्ठ नगरपालिका ११ का ५५ वर्षीय धनबहादुर गुरुङलाई उपचारको निम्ति उक्त अस्पतालमा ल्याएर भर्ना गरिएको थियो ।

    अस्पताल स्रोतका अनुसार बिरामीको पहिले पिसाब बन्द भएको थियो । पिसाब खुलाउन गरिएको अपरेशनपछि गुरुङको निधन भएको हो ।

    तर मृतकका आफन्तले अस्पतालले आफूहरुसँग कुनै सल्लाह र मञ्जुरी नलिई अपरेशन गरेको र सो क्रममा बिरामीको मृत्यु भएको आरोप लगाएका छन् ।

    अस्पतालको लापरबाहीका कारण बिरामीको ज्यान गएकाले क्षतिपूर्तिको माग गर्दै झण्डै दुई दर्जन आफन्तले अस्पताल हातामा नाराबाजी गरिरहेका छन् । नाराबाजीपछि अस्पताल हाता अहिले तनावग्रस्त भएको छ । जनआस्था

    सम्बन्धित समाचार