Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    २ लाख ३० हजारमा हेलीकोप्टर चार्टर गरि संक्रमितलाई अस्पताल पुर्‍याइयो

    २ लाख ३० हजारमा हेलीकोप्टर चार्टर गरि संक्रमितलाई अस्पताल पुर्‍याइयो


    • बिहिवार, भाद्र ३ २०७८

    • नेपाल वाइड


    २ लाख ३० हजारमा हेलीकोप्टर चार्टर गरि संक्रमितलाई अस्पताल पुर्‍याइयो
    दिक्तेल हाटडाँडाका संक्रमितलाई चार्टर गरिएको हेलीकोप्टरबाट काठ्माण्डौं लैजाने तयारी गरिँदै । तस्बिर : प्रकाश श्रेष्ठको फेसबुक

    खोटाङ । भदौ ३, कोभिड–१९ बाट संक्रमितलाई हेलीकोप्टर चार्टर गरेर अस्पताल लगिएको छ । संक्रमण पूष्टि भएपछि अस्थायी कोभिड अस्पतालमा उपचार गराइरहेको अवस्थामा स्वास्थ्यमा थप समस्या निम्तिएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडाका बस्नेत थरका पुरुषलाई बिहिबार २ लाख ३० हजारमा माउण्टेन हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौं लगिएको हो ।

    संक्रमण पूष्टि भएपछि अस्थायी कोभिड अस्पतालमा उपचार गराइरहेको अवस्थामा अक्सिजनको मात्रा घटेपछि संक्रमितलाई काठ्माण्डौं पुर्‍याइएको हो ।

    हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौं लगिएका संक्रमितलाई टिचिङ अस्पतालमा भर्ना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडासदस्य प्रकाश श्रेष्ठले बताए ।

    सम्बन्धित समाचार