Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तार बारे छलफल

    देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तार बारे छलफल


    • बिहिवार, भाद्र ३ २०७८

    • नेपाल वाइड


    देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तार बारे छलफल

    काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नवगठित नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको छलफलमा मन्त्रिपरिषद्लाई पूर्णता दिने लगायत समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।

    कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएको एक महिना बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । हिजो सरकारले दल विभाजन गर्न सजिलो हुने गरि अध्यादेश ल्याएसँगै नेता नेपालले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनु भएको छ । नयाँ दल दर्ता भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री देउवाको तयारी छ ।

    सम्बन्धित समाचार