बुधवार, भाद्र २ २०७८
नेपाल वाइड
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव समूहले पाएसँगै दलविहीन भएको महन्थ ठाकुर समूहले नयाँ पार्टीको नाम टुंग्याएको छ । नेता लक्ष्मणलाल कर्णका अनुसार नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी लोकतान्त्रिक हुनेछ । उनले नयाँ पार्टीको चुनाव चिन्ह साइकल राख्ने निर्णय भएको पनि बताए ।
मन्त्रिपरिषद्ले पार्टीको केन्द्रीय कमिटी र संसदीय दलको २० प्रतिशत सदस्यको समर्थन भए दल विभाजन गर्न मिल्ने गरी अध्यादेश सिफारिस गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेसँगै ठाकुर समूह निर्वाचन आयोग जाने तयारीमा लागेको हो ।