मंगलवार, भाद्र १ २०७८
नेपाल वाइड
खोटाङ । भदौ १, दुबै मिर्गौला फेल भएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे तल्लो खोक्सेलीका टेकबहादुर थापा मगरले उपचारका लागि सहयोगको याचना गरेका छन् । दुबै मिर्गौला फेल भएपछि चार महिनादेखि सहिद धर्मभक्त नेसनल ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइरहेका थापा मगरले सहयोगको याचना गरेका हुन् ।
उपचारमा ठूलो धनराशी खर्च हुने तर परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक भएका कारण थापा मगर परिवारले आफन्त तथा शुभेच्छुक समक्ष उपचार खर्च सहयोग गर्न आग्रह गरेका छन् ।
घरमा बृद्धा आमा, श्रीमती र नाबालक बालबच्चा मात्र भएकाले उपचारका लागि सहयोगी गुहार्नु परेको थापा मगरले बताएका छन् । वडा कार्यालय बडहरेले थाप मगरको निःशुल्क उपचारको व्यवस्थाका लागि गत जेठ १० गते सिफारिस दिएको थियो ।
मिर्गौला रोगी थापा मगरलाई सहयोग गर्नका लागि उनकै नाममा माछापुच्छ्रे बैंकको नयाँ बानेश्वर शाखामा खोलिएको खातामा नम्बर ५४६५५२४१५९६५११४ मा सहयोग रकम जम्मा गर्न सकिने छ । मिर्गौला रोगीलाई ९८४४८५१६१० मा फोन सम्पर्क गरेर पनि सहयोग उपलव्ध गराउन सकिने जनाइएको छ ।