Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हिलाम्मे सडकमा एम्बूलेन्स नचल्दा विरामीलाई सास्ती

    हिलाम्मे सडकमा एम्बूलेन्स नचल्दा विरामीलाई सास्ती


    • मंगलवार, भाद्र १ २०७८

    • नेपाल वाइड


    हिलाम्मे सडकमा एम्बूलेन्स नचल्दा विरामीलाई सास्ती
    हौंचुरमा हिलाम्मे सडकमा फसेको एम्बूलेन्स निकाल्ने प्रयास गर्दै स्थानीय । तस्बिर : मोहन गुरुङको फेसबुक

    खोटाङ । भदौ १, वर्षाका कारण कच्ची सडक हिलाम्मे हुँदा खोटाङमा एम्बूलेन्स सेवा प्रभावित भएको छ । हिउँद याममा सञ्चालन हुने जिल्लाका दर्जनौं सडक वर्षाका कारण अवरुद्ध हुँदा एम्बूलेन्स आवत–जावतमा कठिनाई भएको हो ।

    सडक अवरुद्ध हुँदा १० स्थानीय तहमा बिरामी ओसार–पसारमा प्रयोग हुँदै आएको एम्बूलेन्स सेवा प्रभावित भएको हो । वर्षा याममा कच्ची सडकमा ठाउँ–ठाउँमा पहिरो खस्ने र कतिपय ठाउँमा भासिने गरेका कारण एम्बूलेन्स सञ्चालन असहज भएको ऐसेलुखर्क गाउँपालिकाकी उपाध्यक्ष पुष्पकला भुजेलले बताउनुभयो ।

    जिल्लामा बनेका दर्जनौं कच्ची सडकमध्ये हाल मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–दोर्पाचिउरीडाँडा र दिक्तेल–जयराम सडक मात्र सञ्चालनमा छ ।

    मध्यपहाडी लोकमार्गको कालोपत्रे गरिसकिएका खण्डमा मात्र हिउँद वर्षा सवारी साधन सञ्चालन हुने अवस्था बनेको छ । तर, जिल्लाका अन्य सहायक तथा शाखा कच्ची सडकमा ट्याक्टर बाहेक अन्य सवारी साधन गुड्ने अवस्था छैन ।

    मध्यपहाडी लोकमार्गले छोएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाको अन्य शाखा सडकको अवस्था समेत नाजुक छ ।

    कच्ची बाटो बिग्रेकाले एम्बूलेन्स लगायतका सवारी साधन सञ्चालनमा कठिन भइरहेको रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताउनुभयो । मोटर साईकल समेत हिलोमा गाडिएका तस्बिर सामाजिक सञ्जालमा राखेर स्थानीय तहका जनप्रतिनिधिमाथि आक्रोश पोख्ने गरिएको छ ।

    सम्बन्धित समाचार