Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    शिक्षा

    खोटाङको नुनथलामा फरेष्ट्री र सिभिल इन्जिनियरिङ अध्ययन गर्ने अवशर

    खोटाङको नुनथलामा फरेष्ट्री र सिभिल इन्जिनियरिङ अध्ययन गर्ने अवशर


    • आइतवार, श्रावण ३१ २०७८

    • नेपाल वाइड


    खोटाङको नुनथलामा फरेष्ट्री र सिभिल इन्जिनियरिङ अध्ययन गर्ने अवशर

    खोटाङ । साउन ३१, खोटाङको महुरेगढी प्राविधिक शिक्षालयले डिप्लोमा इन फरेष्ट्री र डिप्लोमा इन सिभिल इन्जिनियरिङको भर्ना खुलाएको छ ।

    सिटिइभिटिको आंगीक क्याम्पसकारुपमा २०७५ सालमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको महुरेमा स्थापना गरिएको प्राविधिक शिक्षालयमा डिप्लोमा इन फरेष्ट्री र डिप्लोमा इन सिभिल इन्जिनियरिङको भर्ना खुलाइएको हो ।

    डिप्लोमा इन फरेष्ट्रीमा ४० जना र डिप्लोमा इन सिभिल इन्जिनियरिङमा ४८ जनाका लागि भर्ना खुलाइएको शिक्षालयका प्राचार्य ईन्द्रप्रसाद आचार्यले बताए । डिप्लोमा इन फरेष्ट्री र डिप्लोमा इन सिभिल इन्जिनियरिङमा भर्ना हुन इच्छुक विद्यार्थीले आगामी भदौ १८ गतेसम्म फर्म भर्न सक्ने छन् ।

    कम्तीमा एसइई उत्तिर्ण गरेर प्राविधिक शिक्षा तथा व्यवसायीक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीले आफुले अध्ययन गर्न चाहेको कार्यक्रममा भर्ना हुनसक्ने प्राविधिक शिक्षालयले जनाएको छ ।

    प्राविधिक शिक्षालयमा क्रमशः फार्मेसी, एडभेञ्चर टुरिजम, कृषि लगायतका विषयको पठन–पाठनको व्यवस्थाका लागि प्रस्ताव गरिएको प्राचार्य आचार्यले बताए । तत्कालिन प्राचार्य भानु पौडेल अन्यत्र गएपछि साउन २० गतेदेखि आचार्यले शिक्षालयको प्राचार्य सम्हालेका हुन् ।

    मध्यपहाडी लोकमार्गले छोएको र लेकको मनोरमस्थलमा रहेको प्राविधिक शिक्षालय तत्कालिन प्राविधिक शिक्षालय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले २०७६ साल जेठ २८ गते उद्घाटन गरेका थिए ।

    सम्बन्धित समाचार