Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    अफगानिस्तान युद्धः राष्ट्रपति अशरफ गनीले 'देश छोडे'

    अफगानिस्तान युद्धः राष्ट्रपति अशरफ गनीले 'देश छोडे'


    • आइतवार, श्रावण ३१ २०७८

    • नेपाल वाइड


    अफगानिस्तान युद्धः राष्ट्रपति अशरफ गनीले 'देश छोडे'

    वीवीसी । अफगानिस्तानका अधिकारीहरूलाई उद्धृत गरिएका विवरणहरूमा राष्ट्रपति अशरफ गनीले देश छोडेको जनाइएको छ । तालिबान लडाकु समूह राजधानी काबुल नजिकै पुगेका बेला यस्तो विवरण सार्वजनिक भएको हो ।

    अफगान उपराष्ट्रपति पनि भागेको हुनसक्ने बताइएको छ । दश दिनको अवधिमा अफगानिस्तानका प्रमुख सहरहरू तालिबानको नियन्त्रणमा पुगेको अवस्थामा गनी राजीनामा दिनुपर्ने दबावमा थिए ।

    यस अघि त्यहाँको गृह मन्त्रालयले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न वार्ता भइरहेको जनाएको थियो । यसअघि तालिबान समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्कन दिन लडाकुहरूलाई निर्देशन दिएको थियो ।

    सम्बन्धित समाचार