Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    लुम्बिनीका दुई एमाले सांसद माधव नेपाल समूहमा खुले, बलियो बन्दै नेपाल पक्ष

    लुम्बिनीका दुई एमाले सांसद माधव नेपाल समूहमा खुले, बलियो बन्दै नेपाल पक्ष


    • आइतवार, श्रावण ३१ २०७८

    • नेपाल वाइड


    लुम्बिनीका दुई एमाले सांसद माधव नेपाल समूहमा खुले, बलियो बन्दै नेपाल पक्ष
    एमालेका लुम्बिनी प्रदेशसभा सदस्य रमा घर्ती र बिष्णु पन्थी

    बुटवल । नेकपा एमालेका दुुई जना लुम्बिनी प्रदेशसभा सदस्य बिष्णु पन्थी र रमा घर्ती माधव कुमार नेपाल समूहमा स्पष्ट रुपमा खुलेका छन् । विगतदेखि नै नेपाल समूहमा रहेको बताइए पनि शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार रहँदासम्म उनीहरू स्पष्ट रूपमा खुलेका थिएनन ।

    एमाले नेतृत्वको प्रदेश सरकार परिवर्तनसँगै उनीहरु नेपाल समूहमा खुलेका हुन् । नेपाल निकट एमाले रुपन्देहीको शनिबारको बैठकमा सांसद पन्थी र घर्ती सहभागी भएका हुन् । पन्थी कपिलवस्तुबाट प्रत्यक्ष निर्वाचित सांसद हुने भने, घर्ती पाल्पाकी समानुपातिक सांसद हुन् ।

    ‘सांसद पन्थीले आफू शुरूदेखि नै माधव नेपाल समूहमै रहेको बताए । ‘म ति पुस ५ पछि निरन्तर नेपाल समूहमै छु नि’ पन्थीले लोकान्तरसँग भने, ‘लुम्बिनीमा हामी शंकर पोखरेल नेतृत्वको सरकारलाई जोगाउन लागेको हो । पोखरेल सरकारलाई ढल्न दिनुहुँदैन भनेर लागेको हो । तर, हामी माधव नेपाल निकट नै थियौं नि’ । 

    नेपाल समूहको बैठकले पार्टी एकता कायम गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेको हो । दुई दुुई पटक प्रतिनिधिसभा विघटन गरेको, नेकपा विभाजन र एमाले भित्र एकता कायम गर्न नसकेकाले पार्टी एकताका लागि नैतिकताका आधारमा राजीनामा दिन केन्द्रीय कमिटीलाई सुझाव दिने निर्णय गरिएको नेकपा एमाले रुपन्देहीका अध्यक्ष राजु गुरुङले बताए ।

    भदौ १५ भित्र पालिकास्तर जनवर्गीय संगठनको कमिटी निर्माण, भदौ मसान्तसम्म शाखा तहको कमिटी गठन र पुनर्गठन अघि बढाउने निर्णय गरेको नेकपा एमाले उपसचिव सिद्धिचरण भट्टराईले बताए ।

    सम्बन्धित समाचार