Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यद्धारा सामूहिक राजीनामा

    कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यद्धारा सामूहिक राजीनामा


    • शुक्रवार, श्रावण २९ २०७८

    • नेपाल वाइड


    कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यद्धारा सामूहिक राजीनामा
    फायल तस्बिर

    काठमाडौं । विधानको व्यवस्थामा असहमति जनाउँदै कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले राजीनामा दिएका छन् । महासमिति बैठकले गरेको निर्णय अनुसार केन्द्रीय सदस्य पनि वडामा गएर चुनाव जितेर आउनुपर्ने व्यवस्था हटाएको भन्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् ।

    आमन्त्रित केन्द्रीय सदस्य कृष्ण किशोर घिमिरेले आफ्नो नेतृत्वमा २२ केन्द्रीय सदस्यले राजीनामा दिएको पुष्टि गरे । राजीनामा दिएका आमन्त्रित केन्द्रीय सदस्यहरूले आजको बैठकमा भने भाग लिएका छन् ।

    आमन्त्रित केन्द्रीय सदस्य घिमिरेले भने केन्द्रीय समिति बैठकमै सहभागी थिए । “हामीले सामूहिक राजीनामा दिएका छौँ,” घिमिरेले भने, “अहिले बैठकमा कुरा गर्न मिल्दैन पछि कुरा गरौँला ।” उनले आफूसहित २२ जनाको राजीनामा पार्टी सभापतिलाई बुझाएको जानकारी दिए ।

    सम्बन्धित समाचार