Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    कोभिड संक्रमितको उपचार गर्ने अस्पतालहरूको व्यवस्थापन अब जिल्ला प्रशासनले गर्ने

    कोभिड संक्रमितको उपचार गर्ने अस्पतालहरूको व्यवस्थापन अब जिल्ला प्रशासनले गर्ने


    • शुक्रवार, श्रावण २९ २०७८

    • नेपाल वाइड


    कोभिड संक्रमितको उपचार गर्ने अस्पतालहरूको व्यवस्थापन अब जिल्ला प्रशासनले गर्ने
    फायल तस्बिर

    काठमाडौं । सरकारले कोभिड संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेजहरूको व्यवस्थापनको जिम्मा जिल्ला प्रशासन कार्यालयलाई दिएको छ ।

    प्रमुख जिल्ला अधिकारीको मातहतमा रहने गरी कोभिड संक्रमितको उपचार गर्ने सबै अस्पतालहरू अब जिल्ला प्रशासन कार्यालयमा सूचीकृत गरिनेछ ।

    यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको आपतकालीन तथा विपद् व्यवस्थापन इकाइ, स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रबाट गरिँदै आएको अस्पतालहरूको व्यवस्थापनको जिम्मा प्रशासनलाई समेत दिइएको हो ।

    गृह मन्त्रालयले सोही अनुसार अस्पतालहरूको सूची स्वास्थ्य मन्त्रालयको एचईओसीमा पठाउन निर्देशन दिएको छ । सरकारबाट सोध भर्ना रकम लिएर कोभिड संक्रमितको निशुल्क उपचार गर्ने अस्पतालहरूलाई जिल्ला प्रशासन कार्यालयमार्फत नै नियमन गरिनेछ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलका अनुसार यो नियमअनुसार आइसोलेसन सेन्टर तथा अस्पतालहरूको संख्या थपघटको अधिकार पनि प्रमुख जिल्ला अधिकारीसँग रहनेछ ।

     

    सम्बन्धित समाचार