Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    लुम्बिनीमा ४२ सांसदको हस्ताक्षरसहित सरकारको दाबी पेस

    लुम्बिनीमा ४२ सांसदको हस्ताक्षरसहित सरकारको दाबी पेस


    • बिहिवार, श्रावण २८ २०७८

    • नेपाल वाइड


    लुम्बिनीमा ४२ सांसदको हस्ताक्षरसहित सरकारको दाबी पेस

    काठमाडौं । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले बहुमतको सरकारको दाबी गरेको छ । ४२ सांसदको हस्ताक्षरसहित दाबी गरिएको नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्धिन खानले जानकारी दिए ।

    नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको गठबन्धन सांसदले प्रदेश प्रमुख अमिक शेरचनलाई दाबीपत्र बुझाएका हुन् । गठबन्धनका तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीको उमेदवार बनाइएको छ ।

    सम्बन्धित समाचार