Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    आजदेखि नेपाल मास्क अभियान सुरु

    आजदेखि नेपाल मास्क अभियान सुरु


    • शनिवार, श्रावण २३ २०७८

    • नेपाल वाइड


    आजदेखि नेपाल मास्क अभियान सुरु
    फायल तस्बिर

    काठमाडौं । आजदेखि नेपाल मास्क अभियान सुरु भएको छ । सरकारले कोभिड–१९ संक्रमणको रोकथामका लागि मास्कको महत्त्व बुझाउन र आम नागरिकमा मास्कको सही प्रयोगबारे जनचेतना जगाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा आजदेखि २९ गतेसम्म अभियान सञ्चालन हुनेछ । अभियानको आज औपचारिक उद्घाटन गरी दैनिक रुपमा जनचेतनमूलक सामाग्रीहरुको उत्पादन, प्रसारण जनचेतनामूलक सांगीतिक कन्सर्ट आदि विभिन्न कार्यक्रम गरी साताव्यापी रुपमा मनाइने कार्यक्रम रहेको छ ।

    कोभिड संक्रमणबाट बच्न मास्क लगाउने व्यवहारको विकासका लागि समुदायस्तरमा सहभागितामूलक डिजिटल क्याम्पियन गरिने राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले जनाएको छ । अभियान अन्तरगत जनस्तरमा मास्कको सही प्रयोग भए/नभएको अनुगमन समेत गरिने केन्द्रले जनाएको छ ।

    सम्बन्धित समाचार