Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    शिक्षा

    कक्षा १२ को परीक्षा स्थगित हुने

    कक्षा १२ को परीक्षा स्थगित हुने


    • शुक्रवार, श्रावण २२ २०७८

    • नेपाल वाइड


    कक्षा १२ को परीक्षा स्थगित हुने
    फायल तस्बिर

    काठमाडौं । कक्षा १२ को परीक्षा स्थगित हुने भएको छ । परीक्षा आउन ९ दिनमात्र बाँकी रहँदा कक्षा १२ को परीक्षा स्थगित हुने भएको हो । कोरोना संक्रमणको जाेखिम बढेकाे भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षाको मिति पुनरवलोकन गर्न भन्दै सीसीएमसीमा पत्र पठाएको थियो ।

    सोही आशयको पत्र राष्ट्रिय परीक्षा बोर्डमा पठाएको सीसीएमसीका प्रवक्ता नूरहरि खतिवडाले जानकारी दिए । सीसीएमसीले परीक्षा स्थगित गरी नयाँ मिति तय गर्न आग्रह गर्दै बोर्डलाई पत्र पठाएको छ ।

    यसका लागि बोर्डमा भोलि बैठक बस्दैछ । बोर्डले ३१ साउनदेखि ९ भदौसम्म परीक्षा गर्ने मिति तय गरेको थियो । पाँच दिनअघि स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमितको संख्या बढ्न थालेकोले तत्काल परीक्षा गर्न नसकिने आशयको अभिव्यक्ति दिएका थिए ।

    उनले कक्षा १२ को परीक्षा आन्तरिक मुल्याङ्कनबाट गर्न शिक्षा मन्त्रालयलाई पत्राचार गर्ने बताएका थिए । ३१ साउनबाट परीक्षा गराउन बोर्डले सबै तयारी पूरा गरेको बताउँदै आएकाे थियाे । तर बोर्डले स्वास्थ्य मन्त्रालयको दबाबपछि परीक्षा सार्न लागेको बुझिएको छ ।

    सम्बन्धित समाचार