शुक्रवार, श्रावण २२ २०७८
नेपाल वाइड
काठमाडौं । स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताको सरकारले छानबिन गर्ने भएको छ । पूर्ववर्ती केपी शर्मा ओली सरकारको समयमा भएको अनियमितताको प्रकरणमा पुनः छानबिन गर्न लागिएको हो ।
कोरोना महामारी सुरु भएसँगै मेडिकल सामग्री खरिद गर्दा अनियमितता भएको सार्वजनिक भएको थियो । उक्त घटनालाई छानबिन गरि दोषीलाई कारबाही गर्ने संयुक्त सरकारको साझा कार्यक्रममा उल्लेख छ ।
तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव कोइराला, स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक महेन्द्र श्रेष्ठ, मन्त्री ढकालका विज्ञ सल्लाहकार डा खेम कार्की लगायत अनियमिततामा मुछिएका थिए । उनीहरुमाथि संसदको लेखा समितिलेसमेत सोधपुछ गरेको थियो ।