शुक्रवार, श्रावण २२ २०७८
नेपाल वाइड
काठमाडौं । भुटानले नेपाललाई उपलब्ध गराएको तीन लाख डोज एस्ट्रजेनिका खोप नेपाल ल्आइपुगेको छ । ड्रुक एयरलाइन्सको जहाजले आज बिहान खोप नेपाल ल्याएको हो । भुटानले आफ्ना नागरिकलाई दिएर बचेको खोप नेपाल पठाएको हो ।
७ लाख ८० हजार जनसंख्या रहेको भुटानले कोभ्याक्स सुविधा र विभिन्न मुलुकबाट अनुदानमा दिएको मात्रै गरी ९ लाख बढी डोज खोप प्राप्त गरेको थियो । नेपालमा भने उक्त खोप ३ लाख डोज एस्ट्राजेनेका प्राथमिकताका आधारमा ज्येष्ठ नागरिकलाई लगाइने छ ।