Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष विष्टले दिए राजीनामा

    नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष विष्टले दिए राजीनामा


    • बिहिवार, श्रावण २१ २०७८

    • नेपाल वाइड


    नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष विष्टले दिए राजीनामा
    तस्विर : महेन्द्र विष्टको फेसबुकवालबाट

    काठमाडौँ । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले पदबाट राजीनामा दिएका छन् । विष्टले सञ्चार मन्त्रालयसमेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन् ।

    विष्टले आफूले ३८ महिना अघि पाएको जिम्मेवारीबाट बिदा लिएको जानकारी गराएका छन् । राजनीतिक नियुक्तिको पद भएकाले आफूले नैतिक रूपमा राजीनामा दिएको उनको भनाइ छ ।

    आफूलाई नियुक्त गर्ने केपी ओली नेतृत्वको सरकार अदालतको परमादेशबाट हटेपछि विष्टले राजीनामा दिएका हुन् । फेसबुकमार्फत राजीनामा दिएको जानकारी दिँदै उनले आफूलाई विश्वास गरी जिम्मेवारी प्रदान गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, विभागीय मन्त्री गाेकुल बास्काेटा एबम् याे जिम्मेवारीमा रहुञ्जेल आफूलाई ऊर्जा प्रदान गर्नुहुने सबैमा आभार प्रकट गरेका छन् ।

    उनले आफ्नो कार्यकालमा नेपाल टेलिभिजन एचडी प्रविधिमा रुपान्तरण भएकोलगायतका सुधारका कार्यसम्बन्धी फेहरिस्त फेसबुकमा उल्लेख गरेका छन् । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विष्टलाई तत्कालीन सञ्चार मन्त्री बास्कोटाको पालामा ४ वर्षका लागि नियुक्त गरिएको थियो । 

    सम्बन्धित समाचार