Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    ओली पक्ष : माधव नेपालले बोलाएको केन्द्रीय कमिटी बैठकमा नजानु

    ओली पक्ष : माधव नेपालले बोलाएको केन्द्रीय कमिटी बैठकमा नजानु


    • बुधवार, श्रावण २० २०७८

    • नेपाल वाइड


    ओली पक्ष : माधव नेपालले बोलाएको केन्द्रीय कमिटी बैठकमा नजानु

    काठमाण्डौ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बोलाएको बैठकमा सहभागी नहुन अध्यक्ष केपी ओली पक्षले अपिल गरेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बुधबार साँझ प्रेस वक्तव्य जारी गरी बिहीबार केन्द्रीय कमिटी बैठक नबोलाएको बताएका छन् । 

    नेपालले पार्टी एकता र विपक्षी गठबन्धनका विषयमा आवश्यक निर्णय लिन बिहीबार केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।तामाङले वक्तव्यमा भनेका छन्, ‘पटक–पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन, पार्टी विधानविपरीत हुने भएकाले सो गतिविधिमा नलाग्न पार्टी कार्यकर्ताहरूमा अपिल गर्दछु ।’

    सम्बन्धित समाचार