Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    खोप लगाएको प्रमाणपत्र अब जिल्ला अस्पतालबाटै

    खोप लगाएको प्रमाणपत्र अब जिल्ला अस्पतालबाटै


    • बुधवार, श्रावण २० २०७८

    • नेपाल वाइड


    खोप लगाएको प्रमाणपत्र अब जिल्ला अस्पतालबाटै
    फायल तस्बिर

    काठमाडौं । कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र अबदेखि जिल्ला अस्पतालबाटै पाइने भएको छ । विदेश जाने व्यक्ति तथा विद्यार्थी सबैलाई काठमाडौंमै आएर खोप लगाएको प्रमाणपत्र लिन सकस भएपछि सरकारले सबै जिल्लाबाट प्रमाणपत्र दिने व्यवस्था गरेको हो ।

    बुधबार स्वास्थ्य सेवा विभागले ७७ वटै जिल्ला अस्पताललाई पत्र पठाएर त्यहीँबाट खोप लगाएको प्रमाणीकरण गर्न निर्देशन दिएको जनाइएको छ ।

    सम्बन्धित समाचार